ढोरपाटनमा अवैध सिकारका कारण दुर्लभ वन्यजन्तु लोप हुने खतरा बढ्दै


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????ढोरपाटनमा सिकार आरक्षमा अवैध सिकार गतिविधि बढ्दै गएको छ । सुरक्षा अभावमा वन्यजन्तुको चोरी सिकार हुने गरेको हो । दुर्लभ वन्यजन्तुको बासस्थान रहेको ढोरपाटन क्षेत्रमा तस्करहरू सक्रिय रहेको बताइन्छ । ठूलो क्षेत्रफल ओगटेको आरक्ष क्षेत्रमा सुरक्षा चुनौती बढिरहेको आरक्ष कार्यालयले जनाएको छ । कमजोर सुरक्षा व्यवस्था र जनशक्ति अभावमा अवैध सिकार बढ्दै गएको हो । सिकार ब्लकमा वन्यजन्तुका छाला, सिङ्ग तथा साना हतियार समेत फेला पर्ने गरेको आरक्षका संरक्षण अधिकृत विश्वबावु श्रेष्ठले बताउनुभयो । स्थानीयवासीकै मिलेमतोमा वन्यजन्तु तस्कर चोरी सिकार बढिरहेको छ । “अवैध सिकार बढेपछि दुर्लभ वन्यजन्तुको सुरक्षा जोखिममा परेको छ” अधिकृत श्रेष्ठले भन्नुभयो । रुकुम क्षेत्रका ब्लकमा चोरी सिकार बढी हुने गरेको छ । आरक्ष कार्यालयदेखि टाढा र कठिन भूगोलका ब्लकमा अवैध गतिविधि बढी हुने गरेका छन् । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा गरी एक हजार ३२५ वर्ग किलोमिटरमा फैलिएको छ । अधिकृत श्रेष्ठका अनुसार आरक्षमा अवैध गतिवधि रोक्नका लागि जग्गा अतिक्रमण, चोरी सिकार नियन्त्रणको अभियान चलाए पनि स्थानीयवासीले असहयोग गर्दै आएका छन् । आरक्षसित जनशक्ति अभाव भएका कारणले समेत चोरी सिकार बढिरहेको हो । आरक्ष कार्यालयले विभागमार्फत सरकारलाई सुरक्षार्थ नेपाली सेना खटाउन आग्रह गर्दै आएको छ । सरकारले सेना खटाउने भने पनि कार्यान्वयन हुन नसकेको अधिकृत श्रेष्ठले बताउनुभयो । “दरिलो सुरक्षा व्यवस्था भएमात्र अवैध क्रियाकलाप रोक्न सकिन्छ” उहाँको भनाइ छ । कार्यालय बागलुङको बोवाङस्थित उपत्यकामा रहेको छ । आरक्षमा सेना परिचालन गर्ने कुराको स्थानीयवासीले विरोध गर्दै आएका छन् । कार्यालय र कर्मचारीको सुरक्षाको लागि समेत सेना राख्नुपर्ने आरक्षको माग रहेको छ । आरक्षमा नाउर, कस्तुरी, मृग, घोरल, झारल, बँदेल, भालु, डाँफे, मुनाललगायतका जनावर र पक्षीको लुकिछिपी सिकार हुँदै आएको छ । बढ्दो चोरी सिकारकै कारण दुर्लभ वन्यजन्तु लोप हुने खतरा बढेको छ । आरक्षमा वर्षमा २६ नाउर र १३ झारलको सिकार गर्न अनुमति दिने गरिएको छ । सिकार खेल्न विदेशी सिकारी दशाँैं लाख रुपैयाँ खर्चेर आउने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?