आज संसदमा नागरिकता ऐनमा संशोधन गर्ने तयारी


parliamentअष्ट्रेलिया सरकारले आज बुधबार नागरिकता ऐनमा केही परिमार्जन गर्ने तयारी गरेको छ । दोहोरो नागरिकता लिने र आतंकवादी गतिविधिमा संलग्न रहनेहरुलाई स्वदेश आउनबाट रोक्नका निम्ति यस किसिमको परिवर्तन गर्न लागिएको बताइएको छ । साथै, अबको परिवर्तनले आतंकवादी गतिविधिमा संलग्न भएकाहरुको नागरिकता खोस्नसक्ने प्रावधान पनि राख्नेगरी तयारी भएको बताइएको छ । यतिबेला मध्यपूर्वमा १ सय २० भन्दा बढी व्यक्तिहरु आईएसको साथमा लागेर आतंकवादी गतिविधि गरिरहेको सूचनापछि सरकारले कडा कदम चाल्न लागेको हो । प्रधानमन्त्री टोनी एबोटले भनेका छन्, आतंकवादी गतिविधि र हिंसात्मक काममा लागेकाहरुको स्वतः नागरिकता रद्द हुने प्रावधान पनि राखिनेछ । यसअघि अध्यागमन मन्त्रीलाई शंकास्पद गतिवधिमा लागेकाहरुलाई प्रवेश गर्न नदिने विषयमा निर्ण लिने विशेष अधिकार दिने तयारी गरिएको भएपनि यसको व्यापक विरोध भएको र यस्तो नियम असंवैधानिक हुने भएपछि संसदबाट ऐनमा नै परिमार्जन गर्न लागिएको हो । ऐनमा कुनैपनि व्यक्तिलाई राज्यविहीन नबनाइने र अदालती उपचारको बाटो खुला नै राखिने पनि प्रधानमन्त्री एबोटले स्पष्ट पारेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?