सरकारले सर्वोच्चको फैसला मान्नुपर्ने त्रिपाठीको भनाई
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले जबर्जस्ती बहुमतको खेलमा संविधान जारी गर्ने प्रयास भए संविधानसभाबाट नै आफूहरू अलग हुने चेतावनी दिनुभएको छ । सो पार्टी पर्साले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता त्रिपाठीले सहमतीय आधारबाट पूर्ण संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयोे । चार राजनीतिक शक्तिका बीचमा भएको १६ बँुदे सहमतिलाई सर्वोच्च अदालतले नै अवैध भनिसकेका कारण त्यसको औचित्य सकिएको बताउँदै उहाँले न्यायालयको फैसला मान्नाको विकल्प कसैसँग छैन भन्नुभयो । “नामाङ्कन र सीमाङ्कनसहित पहिचानसहितको संविधान चाहिन्छ” उहाँले भन्नुभयो ।