अध्यागमन र भन्सारका कर्मचारीको हड्ताल, २ हजारले एकैपटक काम रोके


strikeआज विहान ९ बजदेखि दुई घण्टाका लागि अष्ट्रेलियाभरका भन्सार र अध्यागमनका २ हजार कर्मचारीले एकैपटक काम ठप्प पार्दै आफ्ना मागको सुनवाई गर्न आग्रह गरेका छन् । विमानस्थलसहित विभिन्न जहाजपोर्टहरुमा रहेका उनीहरुले केही समय अघिदेखि नै आफ्नो स्थिति र सुविधा बृद्धिको विषयमा माग गर्दै आएका थिए । अष्ट्रेलियन बोर्डर फोर्सका टेरी प्राईसका अनुसार यसका विषयमा पूर्वजानकारी गराइएको थियो र यात्रुहरुलाई पनि एयरपोर्टमा र बन्दरगाहमा थप समय लिएर आउन भनिएको थियो । यस विरोधपछि वार्ताको तयारी सरकारले सुरु गरेको छ । सीपीएसयु सचिव नदिली फ्लडले भनिन्, हड्तालका कार सुरक्षामा कुनै असर गरेको छैन । हाम्रा सदस्यहरुले आफ्नो कामलाई ईमान्दारिपूर्वक सम्पन्न गर्नुभएको छ । हड्तालको क्रममा पनि सुरक्षा सकतर्कतामा कुनै सम्झौता गरिएको छैन । हड्तालका कारण सिड्नीसहित सबै राज्यका विमानस्थलहरुमा केही समय फ्लाईट र अन्य गतिविधिमा रुकावट आएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?