ग्रिसको जनमतसंग्रहमा विदेशी ऋणदाताहरुको शर्तलाई नस्वीकार्ने निर्णय
ग्रिसले अत्यधिक मतका साथ विदेशी ऋणदाताहरुको शर्तलाई नस्वीकार्ने निर्णय गरेको छ । आइतबार निकै कडा प्रतिस्पर्धामा जनमत सङ्ग्रहमा यस्तो परिणाम आएको छ । यस लगत्तै विपक्षी नेताले राजीनामा दिएका छन् जसले विदेशीहरुको सर्तलाई स्वीकार गर्नुपर्छ भन्ने मत बोकेका थिए । ऋणको बोझमा परेको र युरोपेली युनियनको वित्तीय कमजोरीबाट लडखडाएको यस मुलुकका प्रधानमन्त्री अलेक्सिज सिप्रासले भनेका छन्, तपाईंहरुले निकै सुझबुझपूर्ण निर्णय गर्नुभयो । यसमा हामी टिक्नेछौं, अडिनेछौं र अघि बढ्नेछौं । सेतो कमिजमा सरल रूपमा देखा पर्नुभएका प्रधानमन्त्री सिप्रासले एथेन्समा आफ्नो मत खसाल्दै जनताको बाँँच्ने चाहना तथा दृढताका साथ बाँच्ने चाहना, आफ्नो भाग्य आफैँ लेख्ने चाहनालाई कसैले पनि अवज्ञा नसक्ने बताउनुभयो । यस जनमत सङ्ग्रहमा जनतालाई अझै नराम्रो अवस्थामा पु¥याउने मितव्ययी कार्यक्रमका आधारमा अन्तर्राष्ट्रिय दाताबाट थप जमानतप्राप्त कोष प्राप्त गर्ने कि नगर्ने भन्ने प्रश्न गरिएको थियो । सरकारले पूँजीमा कडा नियन्त्रण कायम गरि, बैङ्क बन्द गर्न वा एटीएमबाट प्रति दिन प्रति व्यक्ति ६० युरो भन्दा बढी निकाल्न नदिई यो जनमत सङ्ग्रह आयोजना गरेको हो । यो घटनाक्रम युरोपेली एकल मुद्रालाई सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ । युरो सन् १९९९ मा प्रयोगमा आएको हो भने ग्रिसले दुई वर्षपछि यसलाई उपयोग गरेको थियो । युरोपेली नेताहरूले प्रधानमन्त्री सिप्रासको सरकारले चाहेको ‘हुन्न’ भन्ने पक्षमा मतदान भएपछि ग्रिस १९ मुलुकयुक्त युरोक्षेत्रबाट बाहिरिने चेतावनी दिएका थिए । उहाँले ऋणदाताले केही ऋण मिनाहा गर्नुपर्ने तथा मितव्ययीपनाको पाइलालाई हटाउनुपर्ने माग गर्नुभएको छ । यी मितव्ययीपनाले ग्रिसको अर्थतन्त्रलाई निकै मन्दीमा पु¥याएको उहाँले बताउनुभएको छ । युरोपेली वित्तीय स्थायित्व सुविधाले ग्रिसले ऋण तिर्न नसकेको भनी शुक्रबार औपचारिक रूपमा घोषणा गरेको थियो । यस संस्थाले ग्रिसलाई १४४।६ अर्ब अमेरिकी डलर बराबर ऋण दिएको छ । यसअघि ग्रिसले अन्तर्राष्ट्रिय मुद्रा कोषको १।५ अर्बको ऋण तिर्न नसकेको घोषणा गरिएको थियो । यसरी ग्रिस ऋण तिर्न नसक्ने पहिलो विकसित मुलुक बनेको थियो । मितव्ययी उपायबाट ग्रिसले निकै कठिनाइ भोगिरहेको छ भने सरकारले हाल ऋण नियन्त्रण गरेको छ । यस क्षेत्रको प्रमुख ऋणदाता युरोपेली केन्द्रीय बैङ्कले तत्कालै कोष उपलब्ध नगराए ग्रिसमा तरलता अन्त्य हुनेछ । विशाल बजारमा तख्ताहरू खाली भएका छन् र यसपछि जनमत सङ्ग्रह भएको छ । विदेशमा रकम पठाउन नसक्दा औषधि आयात गर्न सकिएको छैन । विदेशमा बसोबास गर्ने ग्रिसका केही जनता आफ्नो दूतावासमा मतदान केन्द्र नराखिएकाले मतदानका लागि स्वदेश फकिएका छन् । वित्तीय विश्लेषकहरूले कुनै पनि नतिजाले परिस्थितिलाई निकै परिवर्तन गर्ने बताएका छन् । धेरैले यसपछि वार्ता आरम्भ हुने बताएका छन् भने ‘हुन्न’ भन्ने पक्षमा मतदान पछि ग्रिस युरोक्षेत्रबाट बाहिरिने बताएका छन् ।