युरोपियन युनियनद्वारा ग्रीसलाई विस्तृत विस्वासिलो प्रस्ताव ल्याउन आग्रह


euयुरोपियन युनियनले मङ्गलबार ग्रीसलाई प्रस्ट र विश्वासिलो आर्थिक प्रस्ताव ल्याउन आग्रह गरेको छ । युरोपियन युनियनको आर्थिक मामिला प्रमुख पिएरे मस्कोभिसीले ग्रीसका नयाँ अर्थमन्त्री साकोलाटोसलाई विस्तृत, प्रस्ट र विश्वासिलो आर्थिक प्रस्ताव छलफलमा ल्याउन भन्नुभएको हो । युरो समुहको अर्थ मन्त्रीहरुको सङ्कटकालिन, बैठकमा सहभागी हुन ब्रसेल्स पुगेका मस्कोभिसीले मङ्गलबार हुने बैठकमा सहभागि हुुनुपूर्व ग्रीक सरकार तथा त्यहाँका अर्थमन्त्रीलाई यो सल्लाह दिनुभएको हो । यरोपेली युनियन ऋणको बोझमा परेको र वित्तीय कमजोरीबाट समस्यामा परेको ग्रीसलाई यस सन्दर्भमा जनताको रायलिई आफ्नो भाग्य आफँै निर्धारण गर्ने भन्दै ग्रीक प्रधानमन्त्री अलेक्सेस सिप्रासले जनमत सङ्ग्रहको घोषणा गर्नुभएको हो । जनमत सङ्ग्रहमा जनतालाई अझै नराम्रो अवस्थामा पु¥याउने मितव्ययी कार्यक्रमका आधारमा अन्तरराष्ट्रिय दाताबाट थप जमानत प्राप्त गर्ने कि नगर्ने भन्ने प्रश्न गरिएको थियो । ग्रीसवासीले प्रधानमन्त्रीको पक्ष वा ‘अन्तरराष्ट्रिय दाताबाट थप सहयोग प्राप्त नगर्ने’ भन्ने विषयमा करिव ६१ प्रतिशत मत र विपक्षमा ३९ प्रतिशत मत परेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?