विश्वकप छनोट : नेपाल युएईसँग २० रनले पराजित
विश्वकप ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिताअघिको दोस्रो अभ्यास खेलमा नेपाल युएईसँग २० रनले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै वर्षाले छोट्याइएको १८ ओभरको खेलमा ७ विकेट गुमाएर ८४ बनाएको थियो। ८५ रनको विजयी लक्ष्य पाएको युएईले १४ ओभर खेल्दा २ विकेट गुमाएर ८१ रन बनाएको थियो। फेरि पानी परेर थप ओभर खेल्न नपाएपछि आइसिसिले डिएल नियमअनुसार युएईलाई २० रनले विजयी घोषणा गरेको हो।
नेपालका लागि जितेन्द्र मुखिया र सागर पुनले १(१ विकेट लिए।
युएईका फेजान २४,मोहम्बद साहजाद १३, अमजाद २३, र उम्जाद अलिले
यसअघि नेपालले पहिलो १३ रन जोड्दा सुरुका महत्वपूर्ण तीन विकेट गुमाएको नेपालका लागि शरद भेसवाकर,प्रदीप ऐरी र ज्ञानेन्द्र मल्लले मात्र दोहोरो रनको स्कोर बनाउन सके।
नेपालका लागि शरदले सर्वाधिक नटआउट ३८ रन बनाए उनले ३७ बलको सामना गरेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले २८ बल खेलेर १३ तथा १९ बल खेलेर ऐरीले १३ रन बनाए। कप्तान पारस खड्का ५ रन बनाएर आउट भए।सोमपाल कामीले नटआउट ७ रन बनाए। सुवास खकुरेल,सागर पुन र राजेश पुलामी १ रनमा आउट भए। विनोद भण्डारी शून्यमा आउट भए।
युएईका लागि मोहमद साहजाद र मञ्जुला गुरूजेले २(२ तथा मोहम्मद नाभिद,अम्जाद जावेदले १(१ विकेट लिए।
यसअघि, सोमबारको ओमानविरुद्धको पहिलो खेल वर्षाले रद्द भएको थियो।
विश्वकप टी–२० छनोटमा सहभागी १४ टोलीमध्ये शीर्ष ६ टिमले अर्को वर्ष भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गर्ने छन् ।
आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सीको समूहमा रहेको नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकाको सामना गर्नेछ ।