संविधान लेखिएपछि देशलाई सम्बृद्धितर्फ लगिने उपप्रधानमन्त्री गौतमको दाबी


k’:ts nf]sfk{0f dlxnf cWoog s]Gb|n] cfh oxfF cfof]hgf u/]sf] k’:ts nf]sfk{0f sfo{qmddf pkk|wfg tyf u[xdGqL jfdb]j uf}td;lxt cGo ;xefuLx? . tl:a/Ms[i0f/fh uf}td÷/f;;

पुस्तक लोकार्पण : महिला अध्ययन केन्द्रले गरेको पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित अन्य सहभागीहरु ।
पुस्तक लोकार्पण : महिला अध्ययन केन्द्रले गरेको पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित अन्य सहभागीहरु ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अब चाँडो संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ । महिला अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले संविधानसभाबाट संविधान जारी गर्ने मुख्य शक्तिका रुपमा अहिले आफ्नो पार्टीले भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले संविधान जारी भएपछि मुलुकमा सङ्क्रमणकालको अन्त्य भई राजनीतिक स्थिरता कायम हुने र त्यसले देश र जनतालाई समृद्धतर्फ लैजाने बताउनुभयो । उक्त कार्यक्रममा केन्द्रका अध्यक्ष सीता ओझाले लेख्नुभएको ‘पत्र–मञ्जुषा’ र ‘नामेट तस्बिर’ नामक कृति लोकार्पण गरिएको थियो ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्यकार डा सुधा त्रिपाठीले ती कृति समाजिक विषयवस्तुमा केन्द्रीत रहेकाले समाजका विभिन्न खालको विभेद्लाई अन्त्य गर्न उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?