नेपाललाई दोश्रो झट्का, शुक्रबार र शनिबार बाँकी खेल


cricketअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ । हारसँगै नेपालको विश्वकप यात्रासमेत कठिन बनेको छ । आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई पहिलो बलमा आउट गरेपछि नेपालले आशा जगाएको थियो । तर पहिलो विकेट गुमाएपछि संयमित भएर खेलेको हङ्कङले दोस्रो विकेटका लागि अंशुमान राथ र निजाकात खानले महत्वपूर्ण ४८ रनको साझेदारी गरे । यो नै जितको मुख्य आधार बन्यो । नेपालका बसन्त रेग्मीले चार ओभरमा १६ दिएर ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन । नेपालको सुरुवात राम्रो भएन ओपनर सुवास खकुरेललाई दुई रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रन र कप्तान पारस खड्का एक रनमा आउट भएका थिए । १० ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा मात्र ३१ रन जोडेको थियो । त्यसैगरी सागर पुनले १२ लबमा एक चौकासहित ११, वसन्त रेग्मी १९ बलमा दुई चौकासहित ११, राजेश पुलामी मगर ३४ बल खेल्दै दुई छक्कासहित २५, प्रदीप ऐरी शून्य रनमा आउट भए । छैटौँ विकेटका लागि शरद भेषवाकर र राजेश पुलामी मगरले ४० रनको साझेदारी गरेपछि नेपालको स्कोर केही माथि उठेको थियो । शरदले २४ बलमा दुई चौका र एक छम्क्कासहित २७ रन बनाए भने पुलामीले दुई छक्काको मद्दतले २५ रन बनाएका थिए । नेपाललाई मध्यमस्कोरमा समेट्ने क्रममा हङ्कङका हासिब अम्दाजले महत्वपूर्ण चार विकेट लिएका थिए । त्यसैगरी इरफान अहमदले दुई, तनवीर अफजल, अजिज खान, निजाकिट खानले समान एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा सोमपाल कामीले ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सबैभन्दा बढी ११ विकेट लिने खेलाडी बनेका छन् । आगामी साउन १० गते आयरल्यान्डमा हुने प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।््

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?