अफगान शान्ति वार्ताको तालिवान नेताद्वारा स्वागत


afghanअफगानिस्तानका तालिवान र अफगान सरकारबीच सुरु भएको शान्तिवार्ता ‘विधि सम्मत्’ भएको भन्दै तालिवानका नेता मुल्लाह ओमारले स्वागत गरेका छन् । यस वार्ताले अफगानिस्तानमा गत १३ वर्षयता जारी ‘अफगान युद्ध’को अन्त्य हुने आकांक्षा राखिएको उनको पहिलो टिप्पणी रहेको बताइएको छ । अफगान उच्च शान्ति परिषद्का सदस्यहरुले अफगानिस्तानका तालिवान र अफगान सरकारबीच गत हप्ता पाकिस्तानको राजधानी इस्लामावादनजिकै रहेको एक पर्यटकीय नगर मुरीमा शान्ति वार्ता आयोजना गरेको थियो । पहिलो चरणको सो आधिकारीकवार्ताबाट हाल १४ वर्षमा चलिरहेको यस रक्तपातपूर्ण युद्ध अन्त्य गर्ने प्रयास जारी रहेको सरकारी अधिकारीले बताएका थिए । गतवर्षको सेप्टेम्बर महिनामा सत्तामा आउनुभएपछि अफगान राष्ट्रपति असरफ घानीले पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गर्नुभएको हो । अफगानिस्तानका तालिवान र अफगान सरकारबीच आगामी हप्ता पुनः शान्ति वार्ता हुने बताइएको छ । अब हुनलागेको यस वार्ताको काबुल, इस्लामावाद, बेइजिङ, वासिङ्गटन र संयुक्त राष्ट्रसंघले समेत स्वागत गरेको छ । हालका दिनहरुमा अफगानिस्तानका नागरिकहरुले रमाजानसँगै शान्तिको प्रार्थना गरिरहेका छन् । पछिल्लो सयम विगतका पूरै १४ वर्षदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा जिउन बाध्य भएको अफगानिस्तानमा पछिल्लो समयमा फेरि एकपटक शान्ति वार्ताको प्रयासबाट उत्साहित भएका छन् । पाकिस्तान सरकारको आयोजनामा पाकिस्तानी भूमिमा नै अफगानिस्तानका सशस्त्र तालिवान सङ्गठनसँग वार्ताको पहिलो चरण प्रयास पूरा भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?