नेपाल चौथो खेलमा पनि पराजित, विश्वकप सपना लगभग सकियो


cricketआइसिसी विश्वकप ट्वन्टी ट्वन्टी छनोटमा पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना न्यून भएको छ । आयरल्यान्डको डब्लिन स्टेडियममा भएको सो प्रतियोगितामा नेपाल पपुवा न्युगिनीसँग पराजित भएसँगै दोस्रो पटक विश्वकप खेल्ने नेपालको चाहना अपुरो हुने सम्भावना बढेको छ । प्रतियोगिताअन्तर्र्गत नेपालले दिएको ९४ रनको लक्ष्य पपुवा न्युगिनीले १४.१ ओभमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले अब विश्वकप खेल्न शनिबार हुने जर्सीविरुद्वको खेलमा जित हासिल गरेर मात्र हुँदैन हङकङले अब खेल्ने दुई खेलमा भरपर्नु पर्नेछ । यदि हङकङले दुवै खेलमा पराजय भोगे मात्र नेपालको विश्वकप खेल्ने सम्भावना रहन्छ, अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा तीन खेलेर तीन अङ्क जोडेको हङकङले अब आयरल्यान्ड र नामिबियासँग खेल्न बाँकी छ भने समान तीन अङ्क रहेको नेपालको एक खेल मात्र बाँकी छ । टस हारेर पहिलो ब्याटिङमा उत्रेको नेपालले खेलको १९ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९३ रनमा समेटिएको थियो । प्रतियोगिताको सुरुआतमा उत्कृष्ट गरेको नेपालले १७ रन जोड्दा पहिलो विकेटका रूपमा सागर पुनलाई गुमायो । पुनः खेलको तेस्रो ओभरमा नै रनआउट भए । उनी १२ बलमा एक चौकाको मद्दतमा १५ रन जोड्दै आउट भएका थिए । उनका ठाउँमा प्रवेश गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिजमा टिक्न सकेनन् । मल्ल खेलको ७ दशमलव १ ओभरमा नै सात बल खेल्दै दुई रनमा नै समेटिए । त्यसैगरी प्रतियोगितामा प्रदीप ऐरीबाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अठ्ठाइस बल खेलेका ऐरीले २९ रन जोडे । उनले चार चौकाको मद्दतमा २९ रन जोडेका हुन् । प्रतियोगितामा नौ बल खेलेका कप्तान पारस खड्का पाँच रनमा नै आउट भए । त्यसैगरी शरद भेषवाकरले ११, विनोद भण्डारी चार, राजेश पुलामी सात, सोमपाल कामी चार र शक्ति गौचन ६ रनमा अविजित रहे । करण केसीले भने खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्युगिनीका माहुरु दाई, जोन रिभा, र असादोल्ला भालाले समान दुई दुई विकेट तथा नोरमान भानले एक विकेट लिए । नेपालले खेलेका हरेक खेलमा ब्याटिङ पक्ष कमजोर देखिएको थियो । यसअघि अमेरिकासँग जित निकालेको नेपालले नामिबियासँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि एक एक अङ्क बाँडेको थियो । तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग नमीठो हार भोगेको नेपालले अपेक्षाविपरीत हङकङसँग पनि हार व्यहो¥यो । यसअघि पपुवा न्युगिनीविरुद्धका तीन भेटमा नेपालले दुई खेलमा जित तथा एक खेलमा मात्र हार भोगेको थियो । नेपालले छनोट चरणको अन्तिम खेल शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?