नेपालीको नाम पहिलो पटक पृथ्वीबाहिर सौर्यमण्डलमा
पहिलो पटक एक नेपालीको नाम पृथ्वीभन्दा बाहिर पुगेको छ । नेपालीले अन्तरीक्षमा केही गर्न नसके पनि प्लूटो अर्थात् यम ग्रहमा भेटिएका विशाल र अग्ला सगरमाथा जस्तै पर्वतहरुको नाम नोर्गे माउन्टेस अर्थात् नोर्गे माउन्टेन राखिएको छ । सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली आरोही तेन्जिंग नोर्गेको नाममा अमेरिकी वैज्ञानिकहरुको यो नामाकरण गरेका हुन् । सौर्यमण्डलको कुनैपनि ठाउँको नाम नेपालीको नाममा रहेको यो पहिलो पटक हो । प्लुटोमा खिचिएको हिँउसहितको पर्वतको फोटो बुधबार सार्वजनिक भएपछि यसको नामाकरण गरिएको हो । बेलायती आरोहण समूहका प्रमुख पथप्रदर्शक तेन्जिंग र सर एण्डमण्ड हिलारीले सन् १९५३ मे २९ तोखिका दिन सर्वोच्च शिखरको आरोहण गरेका थिए । तेन्जिंगको जन्म नेपालको खुम्बु क्षेत्रमा भएको मानिन्छ भने उनी भारतको दार्जिलिंगमा रहँदा मृत्युवरण गर्न पुगेका थिए । पछि उनले भारतीय नागरिकता लिएका भएपनि पहिलो पटक सगरमाथा आरोहण गर्ने बेला उनी नेपाली नै थिए ।