जीवनमा तनाव ? घट्दै जान्छ स्मरणशक्ति
जसले तनावपूर्ण जीवन बिताउनुपर्ने बाध्यता हुन्छ उसले सामान्य भन्दा धेरै आराम गर्नुपर्ने कुरा स्वीडेनमा गरिएको एक अध्ययनले देखाएको छ । यदि कुनै मानिस आपूmलाई तनावपूर्ण वातावरणमा धेरै समय बिताउनुपर्छ र उसको सुत्ने समय कम छ भने उसको स्मरण शक्ति कम हुँदै जान्छ, अध्ययनले भनेको छ । त्यस्ता व्यक्ति कम्तीमा पनि चार घन्टा सुत्नैपर्ने हुन्छ, स्वीडेनको राष्टिय समाचार संस्था टीटीले जनाएको छ। निद्राको गुण बहुतै महत्वपूर्ण हुन्छ । गहिरो निद्राले शरिरमा विशेष महत्व खेल्छ र यो मानिस निदाएको एक घन्टाभित्र रहन्छ, क्रिश्चियन वेनिडिक्ट, अध्ययन टोलीका एक अनुसन्धानताले टीटीलाई बताउनुभयो । अध्ययन विभिन्न १५ व्यक्तिमा गरिएको थियो । अध्ययनका क्रममा चार घन्टामा सुन्दा उनीहरुको स्मरण शक्ति कम देखिएको थियो भने आठ घन्टा आराम गरेपछि सोच्ने शक्तिमा वृद्धि भएको थियो ।