माधव नेपालले भने विरोध गर्नुअघि कम्तिमा एक पटक मस्यौदा त पढ्नुस्


madhavनेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मस्यौदामा उल्लेखित व्यवस्थाले जनताको आधारभूत अधिकार स्थापित गर्ने बताउनुभएको छ । संविधानको मस्यौदा सुझाव सङ्कलनका लागि गृह जिल्ला रौतहट आइपुग्नुभएका नेता नेपालले पार्टी कार्यालय गरुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मस्यौदामा उल्लेखित व्यवस्थाले देश विकासको भावी रेखा कोर्ने र सबैखाले विभेदको अन्त्य गर्ने पनि बताउनुभयो । संविधानमा के लेखेको छ भन्ने कुरा अध्ययन नै नगरी मस्यौदाको विरोध गर्नु उचित नभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विरोध गर्नेलाई सर्वप्रथम मस्यौदा अध्ययन गर्न आग्रह गर्नुभयो । यसअघि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम अब जारी हुने संविधानले गर्ने भन्दै नेता नेपालले भन्नुभयो, “यसको विरोध गर्नु भनेको ती उपलब्धिलाई संस्थागत हनु नदिनु होे ।” संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिन नेता नेपालसहित जिल्लाका नौ सभासद् जिल्लामा आइपुग्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?