चाडका पूर्व राष्ट्रपति हाब्रेको सुनुवाई भदौ २१ मा
सिनेगाली एक अदालतमा विचाराधीन रहेको चाडका पूर्व ‘तानाशाह’ हिसेने हाब्रेको मुद्दाको सुनुवाई आगामी भदौ २१ (सेप्टेम्बर ७) गतेसम्मका लागि स्थगित भएको छ । पूर्व राष्ट्रपति हाब्रेमाथि आफ्नो शासनकालमा विभिन्न मानवताविरोधी गतविधिलाई प्रोत्साहित गर्दै त्यहाँका नागरिकमाथि थिचोमिचो गरेको आरोप लागेको छ । अफ्रिकी न्यायाधीश पूर्व तानाशाहमाथि गरिने परीक्षण सुनुवाईका रुपमा लिइएको उक्त मुद्दा सोमबार डाकरको विशेष अदालतमा सुनुवाईका अगाडी ल्याइएकोे हो । उहाँ चाडको राष्ट्रपतिबाट रक्तपातपूर्ण आन्दोलनपछि हटाइनु भएको थियो ।