बिपी स्मृति दिवसको अवसरमा दीप प्रज्जलन
विश्वेश्वरप्रसाद कोइरालाको ३३ औँ स्मृति दिवसका अवसरमा नेविसङ्घले काठमाडौँको माइतीघरमा साँझ दीप प्रज्जलन गरेकोे छ । नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालयको आयोजनामा साँझ भएको कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कल्याण गुरुङले अहिले संविधानसभाको प्रारम्भिक मस्यौदा जनतासामु पुगेकाले बिपीले कल्पना गरेको संविधान निर्माण हुने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बिपी, गणेशमानलगायत व्यक्तित्वको आदर्श र सिद्धान्तलाई पछ्याएको कारण नेपाली काँग्रेस अग्रस्थानमा रहेको धारणा राख्नु भयो । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालयका मुख्यसचिव शिव रिमाल, नेविसङ्घका नेताव्दय परशुराम पन्त, सन्तोष दाहाललगायतले देशमा बिपीजस्ता वौद्धिक क्षमता भएका र काम गर्न सक्ने नेताको खाँचो रहेको औँल्याउनुभयो ।