शेखर कोइराला सिड्नीमा, जनसम्पर्क समितिको निर्वाचन हुँदै
नेपाली काँग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाको शनिबारबाट सुरु हुने तेश्रो अधिवेशनको प्रमुख अतिथिको रुपमा सहभागी हुन नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला सिड्नी आइपुग्नुभएको छ । कोइरालालाई विमानस्थलमा जनसम्पर्क समितिका अध्यक्ष सन्तोष सिटौला, निर्वाचन कमिटीका संयोजक प्रेम सापकोटा लगायतले स्वागत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा सहभागी हुन नै काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई शनिबार विहान नै आइपुग्ने कार्यक्रम रहेको छ । सिड्नी आएलगत्तै चुनावी कार्यतालिका, महाधिवेशनबाट चून्ने नेतृत्वका विषयमा गम्भीर छलफलमा नेता कोइराला जुट्नुभएको छ । केही समय पछि नै निर्वाचन कार्यतालिका र अधिवशेनको कार्यक्रम समेत सार्वजनिक गर्ने तयारी जनसम्पर्क समितिले गरेको छ । कार्यक्रमपछि नेपालबाट आएका नेताहरु अष्ट्रेलियाका विभिन्न राज्यहरुमा समेत जाने र त्यहाँ रहेका काँग्रेस समर्थकहरुसँग भेट्ने कार्यतालिका बनाइएको छ ।