मालद्वीपले दियो विदेशीलाई जमिन खरिदगर्ने अनुमति


maldivesमालद्वीपले विदेशीलाई पनि जमिन खरिद गर्न पाउनेसम्बन्धी कानुन निर्माण गरेको  छ । सो कानुनमा मालदिभियन राष्ट्रपति अब्दुल्लाह यामिनले बिहीबार सहमति प्रदान गर्नुभएको समाचारमा जनाइएको छ । मालद्वीपमा रहेको थोरै जमिनमा पनि विदेशीले स्वामित्व जमाउन सक्ने र विशेषगरी उक्त जमिनमा चीनले बढी जमिन खरिद गर्नसक्ने आशङ्का व्यापक मात्रामा भइरहेको बेला यो कानुनमा सहमति प्रदान गरिएको बताइएको छ । हिन्दसागरमा अवस्थित यस देश दक्षिण एसियाको सबैभन्दा सानो हो । यहाँको अधिकांश भूभाग समुद्रले ओगटेको छ । यसअघि नै दर्जनौँ विदेशी कम्पनीहरूले लक्जरियस होटल सञ्चालन गरिरहेका छन् । उनीहरूले सरकारसँग लिजमा लिएर यस्ता होटल सञ्चालन गरेका हुन् । यो नयाँ कानुनले अब मालद्वीपबाट सदाका लागि जमिन खरिद गर्न पाउने छन् र उनीहरूले आफ्नै भोगचलनमा प्रयोग गर्न पाउने छन् । उनीहरूले यो नयाँ कानुनबमोजिम अब एक अर्ब अमेरिकी डलर बराबरको जमिन पनि खरिद गर्न पाउने भएका हुन् । राष्ट्रपति यामिनले बिहीबार मालद्वीपको संविधानमा नै दोस्रो संशोधन गर्नुभएको हो । यो संशोधनसँगै उहाँले विदेशीलाई जमिन खरिद गर्न अनुमति दिने यो नयाँ प्रावधान पनि राख्नुभएको हो । यस विधेयकमा मालद्वीपको संसदमा बुधबार मतदान भएको थियो । जुन कानुन यहाँको संसदले सजिलै पारित गरेको हो । मालद्वीपको ७० सदस्यीय संसदमा यस कानुनको विपक्षमा १४ जनाले मात्र मतदान गरेका बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?