अष्ट्रेलियन नेताहरुलाई भेट्दै व्यस्त कोइराला


Koiralaनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभाषद् डा. शेखर कोइराला अष्ट्रेलियामा विभिन्न राजनीतिक भेटमा व्यस्त बन्नुभएको छ । शुक्रबार मात्रै उहाँले लिबरल पार्टीका न्यू साउथवेल्स निर्देशक टोनी नटसँग भेट गर्नुभएको छ । भेटमा आपसी हितका साथै नेपालमा संविधान लेखनको विषयमा नटले चासो राख्नुभएको थियो । यस्तै भूकम्प पीडितको सहयोगका विषयमा पनि कुराकानी भएको थियो । लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितका अनुसार भेटका अवसरमा डा. शेखर कोइरालाले यहाँको राजनीतिक व्यवस्था, संघीय संरचना लगायतका विषयमा चासो राख्नुभएको थियो भने जवाफमा नटले संघीय अभ्यासका विषयमा जानकारी दिनुभएको थियो । संघीयताको विषयमा अष्ट्रेलियाको अनुभव नेपालका लागि पनि लाभदायी हुने भएकोले संविधान मस्यौदा समितिका सदस्य समेत रहनुभएका कोइरालाले बुझ्ने कोसिस गर्नुभएको थियो । भेटमा लिबरल फ्रेण्डस अफ नेपालका अन्य नेताहरुका साथै नेपालबाटै आउनुभएका काँग्रेसका नेता गोविन्द भट्टराई समेत सहभागी हुनुहुन्थ्यो । उक्त भेटमा लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष नापितले भूकम्प पीडितको सहयोगका लागि अष्ट्रेलिया सरकारले देखाएको सदासयताका निम्ति धन्यवाद पनि दिनुभएको थियो । यसैबीच, काँग्रेसका नेता डा. कोइरालाले लेबर पार्टीका नेता एवं मल्टिकल्चरलिजम एण्ड सिटिजनसिप स्याडो मिनिष्टर मिचेल रोल्याण्डसँग पनि भेट गर्नुभएको छ । करिब एक घण्टासम्म दुई नेताहरुबीच नेपालको वर्तमान स्थिति, अष्ट्रेलियामा नेपालीहरुको अवस्था, यहाँको राजनीतिक पद्धतिका विषयमा कुराकानी भएको थियो । नेता कोइराला जनसम्पर्क समिति अष्ट्रेलियाको कार्यक्रममा भाग लिन आउनुभउको हो भने उहाँले विभिन्न शहरको भ्रमण गरी त्यहाँ रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । डा. कोइराला आइतबार स्वदेश फर्कनुहुने कार्यक्रम छ । Shekhar1

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?