ब्राजिलियन फुटबल प्रशिक्षक मेनिजिजलेको युरोपमा काम गर्ने इच्छा


P547814145.football-ground.162153lपूर्व ब्राजिलियाली फुटबल प्रशिक्षक मानो मेनिजिजले युरोपेली फुटबल महासङ्घ (युइएफए) को तालिम पूरा गर्नुभएको छ । तालिम पश्चात उहाँले युरोपमै रहेर काम गर्ने इच्छा समेत व्यक्त गर्नुभएको यहाँस्थित सञ्चार माध्यमले शुक्रबार जनाएका छन् । त्रिपन्न वर्षीय मोनिजिजलाई ग्रिसको कोरियाली फुटबल क्लबबाट निस्कासन गरिएपछि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुभएको छैन । ब्राजिलियाली समाचार संस्था टाइराएस्पका अनुसार मेनिजिजले हालै आफ्नो ४५ दिने लामो तालिम पूरा गरेपछि नियमित अङ्ग्रेजी भाषाका कक्षाहरू समेत लिइरहनुभएको छ । तालिम समाप्तीसँगै उहाँलाई ब्राजिलियाली सेरी ए अन्तर्राष्ट्रिय क्लब, साओ पाउलो र सान्टोस क्लबसँग आवद्ध हुन गरिएको आग्रहलाई अस्वीकार गर्नुभएको समाचारमा बताइएको छ । मोनिजिजले आफू युरोपको कुनै एक क्लबमा रही काम गर्ने इच्छा व्यक्त गर्नुभएको बताइएको छ । २०१० देखि २०१२ सम्मको मेनिजिजको प्रशिक्षणमा ब्राजिलले २१ जीत, छ बराबरी र छ हार पाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?