नेमारले युरोपियन सुपरकपको फाइनलमा नखेल्ने
बार्सिलोना फुटबलका ब्राजिलियन स्ट्राइकर नेमारले युरोपियन सुपरकपको फाइनल खेल बालबालिकामा लाग्ने रोगबाट विरामी परेपछि खेल्न नसक्ने भएका छन् । ब्राजिलियन स्ट्राइकर नेमार आफ्नो स्पेनी क्लब बार्सिलोनाका लागि सेभिल्लाविरुद्ध खेल्ने तयारीमा थिए तर अकस्मात् बिरामी परेका र १५ दिनका लागि आराम गर्नुपर्ने भएकाले उनी मङ्गलबार हुने युरोपियन सुपरकपमा सामेल हुने छैनन् । नेमारको स्वास्थ्यका कारण उनी स्पेनी सुपरकपको फाइनल खेलमा समेत खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।