भाग्यले बाँचेकाहरु हेरेपछि धेरैका आँखा रसाए
अष्ट्रेलियाको सिड्नीसहित विभिन्न तीन शहरमा प्रदर्शन गरिएको वृत्तचित्र भाग्यले बाँचेकाहरु हेर्ने अधिकांशले यसका पात्रहरु र दृश्यले आपूmहरुको मन छोएको प्रतिक्रिया दिएका छन् । उनीहरुले वृत्तचित्र हेर्दैगर्दा आपूm नै त्यही घटनामा भएको अनुभूति भएको बताए । सिड्नीको हर्सभिलस्थित सिभिक थियटरमा वृत्तचित्र हेरिसकेपछि एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओलीले महत्वपूर्ण घटनाको दस्तावेज जस्तै वृत्तचित्र बनेको प्रतिक्रिया दिनुभयो । नेपालीपत्रका सम्पादक ऋषि आचार्य वृत्तचित्रले पात्रहरुामाथि न्याय गरेको बताउँदै यसमा थप भूकम्प आइसकेपछि वास्तवमा के गर्नुपर्छ भन्ने कुरा अलिकति भएपनि थप्नसके सुनमा सुगन्ध हुने बताउनुहुन्छ । अर्का पत्रकार भीमसेन सापकोटाको सुझाव छ, काठमाडौंभन्दा बाहिरका भाग्यले बाँचेकाहरुलाई पनि समेट्न सक्दा अझ जोडदार बन्नेछ । व्यवसायी किरण थापा भाग्यले बाँचेका पात्रहरुलाई यतिबेला धेरैले सम्झेपनि समयक्रमसँगै भुल्ने भएकोले उनीहरु केही वर्षपछि कस्तो अवस्थामा पुगे भन्ने कुराको फलोअप पनि गर्न निर्देशक गणेश पाण्डेलाई सुझाव दिनुभयो । यसैगरी मेलबर्नको ईस्टोनिया हाउसमा देखाइएको थियो । वृत्तचित्र हेर्न मेलबर्नका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन समेत उपस्थित हुनुहुुन्थ्यो । वृत्तचित्र हेरिसकेपछि एमएनटीभीलाई प्रतिक्रिया दिँदै योञ्जनले भन्नुभयो, “धेरैजसो हामीले देखिसकेका दृश्य भएपनि भाग्यले बाँचेका पात्रहरुकै मुखबाट उनीहरुले भोगेको परिस्थिति वयान वास्तवमै उत्कृष्ट छ । यो एउटा दस्तावेजका रुपमा रहनुपर्दछ ।” ५५ मिनेटको वृत्तचित्र हेर्न हलमा पुगेका अधिकांश दर्शकहरुका आँखा रसाएका थिए । पर्थको स्टेट लाईब्रेरीमा देखाइएको वृत्तचित्र निर्देशक पाण्डेसँगै बसेर हेरेका दर्शकमध्येका एक आंगदावा शेर्पा फेसबुक वालमा लेख्छन्, “यो वृत्तचित्र हेर्दा भूकम्पको विनासकारी रुप र यसले नेपाली जनजीवनमा ल्याएको भौतिक र मानसिक असरको राम्ररी आंकलन गर्न सकिन्छ ।” नेपाली समूदायका अर्का अगुवा दिपक शर्मा भन्छन्, “तारिफयोग्य डकुमेन्ट्री बनेको रहेछ । भाग्यवश यहीँ पर्थमै बसेर हेर्न पाइयो यसका लागि धन्यवाद ।” वृत्तचित्र अष्ट्रेलियाका अन्य शहरमा पनि देखाउने तयारी भइरहेको भाग्यले बाँचेकाहरुलाई अष्ट्रेलियामा प्रदर्शनका निम्ति संयोजन गर्नुभएका रमेश पाण्डेले जानकारी दिनुभयो ।