शीर्ष नेताबीच सहमतिमा ढिलाइ हुँदा मस्यौदा समितिको काम प्रभावित


;Ldfªsgsf ;DaGwdf d’n’se/af6 cfPsf hgtfsf lj/f]wsf :j/nfO{ ;Daf]wg ug{ cfof]lht kqsf/ ;Dd]ngdf k|d’v rf/ lzif{ g]tfx? qmdzM g]kfnL sfFu|];sf ;efklt Pdj k|wfgdGqL ;’zLn sf]O/fnf, g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL, PsLs[t g]skf -dfcf]jfbL_ sf cWoIf k’iksdn bfxfn, dw]zL hgflwsf/ kmf]/d -nf]stflGqs_sf cWoIf ljhos’df/ uR5bf/ / ;+a}wflgs–/fhgLlts ;xdlt tyf ;+jfb ;ldltsf ;efklt 8f= afa’/fd e§/fO{ . tl:a/ M eLid/fh cf]emf, /f;;

प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत सीमा, नागरिकता र प्रदेशको सीमाका सम्बन्धमा देखिएको विवादमा निर्णय दिन नसक्दा बैठक प्रभावित भएको हो । “दुई÷तीन वटा विषय विशेष समितिले टुङ्ग्याउनु बाँकी छ, ती विषयको निक्र्याेल नभएका कारण एकीकृत प्रतिवेदन बनाउन सकिएन” मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिनुभयो । समिति मातहतको कार्यदलको बैठक मङ्गलबार अपराह्न १ बजेका लागि बोलाइएको छ । विवादित विषयमा शीर्ष तहमा सहमति नजुटेका कारण सोमबारको बैठक स्थगन भएको उहाँले जानकारी दिनुभयो । दलबीच सहमति भएमा कार्यदलले बुधबारसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । सहमति भएका विषयमा रहेको भाषागत त्रुटि सच्याउने र सरल तुल्याउने काम कार्यदलले सम्पन्न गरिसकेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदन र संविधानसभाको निर्देशनका आधारमा संवैधानिक तथा कानुनी भाषामा उतार गर्ने काम पूरा भएको छ । संविधानसभाले सोमबारसम्मको समयसीमा तोकेर संविधानको मस्यौदाको विधेयक तयार पार्न निर्देशन दिएको थियो । विवादित विषयमा सहमति नभएका कारण संविधानसभाको समयमै काम सक्नुपर्छ भन्ने निर्देशन पनि प्रभावित हुन पुुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?