सद्भावना पार्टीका पाँच सभाषद् संविधानसभाबाट अलग, हेडक्वार्टर मधेशमा खोल्ने


sadbhabanaसद्भावना पार्टीले संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संविधानसभाबाट बाहिरिने निर्णय भएको जनाएको हो । केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान संविधानसभामा बस्नुको कुनै औचित्य नरहेको भन्दै सामुहिक राजीनामा गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो । “पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रा लागि संविधानसभामा बस्न औचित्यहीन भइसकेकोले आज यसै समयदेखि सद्भावना पार्टी संसदीय दलले संविधानसभाबाट सामुहिक राजीनामा दिने घोषणा गर्दछ,” पार्टी अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । उक्त पार्टीबाट संविधानसभामा पाँच जनाको प्रतिनिधित्व थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?