विदेशीले बिस्फोट गराएको बैंकक प्रहरीको दाबी, सञ्जाल नै सक्रिय


thaiथाइल्याण्डको राजधानी बैंककमा यसै हप्ता भएको बम विस्फोटमा एक समूह नै सक्रिय रहेको अनुमान गरिएको छ । थाई प्रहरीले बुधबार सो जानकारी दिएको हो । उक्त बम हमला कुनै एकजना मात्र व्यक्तिले गरेको नभई त्यसका लागि आतङ्ककारीको समूह नै सक्रिय रहेको पाइएको थाई प्रहरी प्रमुखको दाबी छ । गत सोमबार राजधानी बैंककमा भएको बम हमलामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको थियो । साथै १०० जना भन्दा बढी घाइते भएका थिए । थाई प्रहरी प्रमुख सोमयोत पुम्पानोमाङले बुधबार पत्रकारहरुसँग भन्नुभयो– यसमा कुनै त्यस्तै सक्रिय सञ्जालकै हात छ र यस समूहलाई थाई नागरिकले नै सघाएका छन् । उहाँले थाई इतिहासमा नै भएको यो दुर्लभ घटनाको अनुसन्धान प्रहरीले सक्रिय रुपमा नै गरेको र प्रहरी यस घटनाको नजिक पुगिसकेको पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?