संविधान बन्न नदिने तत्व सलबलाइरहेका छन् – ओली


;+ljwfg slxn] aG5 g]tfHo” e[s’6Ld08kdf cfhb]lv $ lbg;Dd x’g] !( cf}+ cGt/f{li6«o k’:ts k|bz{gLsf] pb3f6g sfo{qmddf /fi6«slj dfwjk|;fb l3ld/];Fu s’/f ub}{ g]skf -Pdfn]_sf cWoIf s]kL cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

नेकपा (एमाले)का अध्यक्ष केपी ओली शर्माले नयाँ संविधान बन्न नदिने केही तत्व सलबलाइरहेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो विधान सम्मेलनको उद्घाटन गर्दै उहाँले संविधान जतिसक्दो छिटो जारी गर्न अहोरात्र खटिरहँदा पनि बीचमा बन्न नदिने तत्व सलबलाइरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “संविधान जारी गर्न जतिसक्दो छिटो सहमति हुँदैछ, संविधान कुनै एक पार्टी वा व्यक्तिका लागि होइन, यो राष्ट्रका लागि हो, त्यसले गर्दा जतिसक्दो छिटो सहमति गरी संविधान जारी गर्ने प्रयासमा छौँ ।” केही व्यक्तिले एमालेलाई प्रधानमन्त्री बन्न नदिने चर्चा पनि बजारमा सुनिएको भन्दै अध्यक्ष ओलीले थप्नुभयो, “एमालेलाई प्रधानमन्त्री चाहियो कसले भनेको छ र ?, अहिले त संविधान बनाउने समय हो, समय आएपछि एमालेले स्वभाविक रुपमा नेतृत्व पाउँछ ।” अध्यक्ष ओलीले विद्यार्थी आन्दोलनमा क्रियाशील व्यक्तिलाई नेतृत्वमा आउन आग्रह गर्दै शैक्षिक योग्यता र उमेर हद लगाउने बहस निरर्थक रहेको बताउनुभयो । कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले अनेरास्ववियुले शैक्षिक आन्दोलनका मुद्दा उठाउनुपर्नेमा जोड दिँदै विद्यार्थी नेता बन्नका लागि नेताको दैलोदैलो जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा आउँदो कार्यकालका लागि कस्तो नेतृत्व निर्माण गर्ने, अबको शैक्षिक आन्दोलन केमा केन्द्रित हुने, नेतृत्वको शैक्षिक योग्यता, आचरणलगायतका विषयमा गहन छलफल हुने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?