नेताहरुको भागवण्डाले थारुको माग पूरा भएन, ८ प्रदेश बनाउन गच्छदारको माग


;ft k|b]zsf] k|:tfjdfly k’gMljrf/ ug{ kmf]/d-nf]_sf] dfu ;ft k|b]zsf] k|:tfjdfly k’gMljrf/ ug{ dfu ub}{ kmf]/d-nf]stflGqs_n] cfof]htf u/]sf] kqsf/ ;Dd]ngdf kf6L{sf cWoIf ljhos’df/ uR5bf/ . tl:a/M/f]zg ;fksf]6f–/f;;

फोरम(लोकतान्त्रिक)ले सात प्रदेशको प्रस्तावमाथि पुनःविचार गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका तर्फबाट यसअघिको ६ प्रदेशको प्रस्तावलाई संविधान निर्माणका लागि फरक मतसहित संविधानको मस्यौदामा हस्ताक्षर गरेकामा पुनःसात प्रदेशको प्रस्ताव ल्याइनु आपत्तिजनक भएको बताउनुभयो । नेपाली काँग्रेस, नेकपा(एमाले) र एमाओवादी)बाट ल्याइएको सात प्रदेशको प्रस्ताव विशेष गरी थारु जातिको पहिचानलाई नै समाप्त गर्ने गरी ल्याइएको भन्दै उहाँले उक्त सीमाङ्कनप्रति पार्टीको आपत्ति र पूर्ण असहमति रहेको बताउनुभयो । पार्टीको यही अडानमा सडक र सदनको दुवै मोर्चालाई सङ्घर्षका माध्यम बनाएर सशक्त र प्रभावकारी ढङ्गले अघि बढ्ने उहाँले बताउनुभयो । पार्टीका तर्फबाट विशेष समितिको बैठकमा यसअघि प्रस्तुत भौगोलिक पहिचानसहितको प्रादेशिक स्वायत्ततामा आधारित मधेस–तराईमा तीन प्रदेश र भौगोलिक पहिचानमा आधारित पहाडमा पाँच प्रदेश गरी आठ प्रदेशको प्रस्ताव नै आजको सङ्कटमोचनको अचुक र उपयुक्त समाधाचन भएको गच्छादारको भनाइ छ । उहाँले भन्नुभयो–“हामीहरु सहमति र सहकार्यबाट बाहिर गएका छैनौँ, संविधानसभाबाट समेत अलग हुँदैनौँ ।”
अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाव
कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले आज आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबीच दोहोरो ढुङ्गा हानाहान भई उत्पन्न तनाब नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपरेको थियो । सोक्रममा प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी जवान रमेश खड्का गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले दुवै पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पार्नुपरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?