कैलाली घटनाबारे थरुहट संघर्ष समितिको आधिकारिक धारणा आयो (विज्ञप्तिसहित)
थरुहट संघर्ष समितिको तर्फबाट धनीराम चौधरीले कैलाली घटनामा राज्यको लापर्वाही जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले भनेका छन् सैयौंको सामूहिक हत्या गर्ने यो कार्य निन्दनीय छ । विज्ञप्ति जस्ताको तस्तै ::::
प्रेस विज्ञप्ती
१) जारी अहिंसात्मक एवम् शान्तिपूर्ण थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको तेस्रो चरणको आन्दोलनको क्रममा कैलालीे जिल्ला टीकापुर क्षेत्रको दुर्गौली, चीलिम चौराहा लगायत थरुहट÷थरुवानका विभिन्न जिल्लाहरुमा भईरहेको प्रहरी प्रशासनको निर्मम दमन, हत्या, हिंसा, आगजनी, सामाजिक, साम्प्रदायीक सहिष्णुता बिथोल्ने नियोजित षड्यन्त्र प्रति संयुक्त संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनको क्रममा वर्षौं देखिको आन्तरीक उपनीवेशीकरण एवं मुक्ति, पहिचान, प्रतिनिधित्व सहित स्वायत्त थरुहट÷थारुवान सहितको संघीयता र दासत्वबाट मुक्तिका लागि संघर्षरत् निहत्था आन्दोलनकारी पुरुष एवम् महिला माथि अन्धाधुन गोली चलाइ सयौंको संख्यामा सामुहित हत्याको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौं ।
२) हामी नेपाल सरकारलाई निवेदन एवम् आग्रह गर्न चाहन्छौं की तत्काल जारी हत्या हिंसा र सशत्र प्रहरी एवम् नेपाली सेनाको परिचालन बन्द गरिनु पर्दछ । शान्ति सुरक्षा र कानुनी अधिकारको नाममा थप नियोजित हत्या एवम् हिंसा गर्ने षड्यन्त्र राज्यले तत्काल बन्द गरिनु पर्दछ । अंगभंग, घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारको व्यस्था राज्यबाट अविलम्ब गरिनु पर्दछ । साथै हामी हाम्रो जारी आन्दोलनलाई नियन्त्रित, निर्देशित कार्यक्रम अनुसार शान्तिपूर्णरुपमा सम्पूर्ण थरुहट÷थारुवान क्षेत्रमा थप व्यवस्थित, प्रभावकारी एवं उचाईमा पु¥याउदै जनआन्दोलनको स्वरुपमा बदल्न आह्वान समेत गर्दछौं
३) अन्तरिम संविधानको प्रावधान अनुसार बिना हात हतियार शान्तिपूर्णरुपमा भेला हुने, सभा गर्ने, धर्ना दिने कार्यक्रम र हाम्रा सम्पूर्ण मागहरुलाई सम्बोधन र संवैधानीक सुनिश्चित्तता दिने सहमति गर्नु सिवाय राज्यद्धारा नियोजित सामुहिक हत्या हिंसा गरी अराजक एवम् आतंकीत गर्ने कार्य बन्द गरिनु पर्दछ । यसर्थ हामी सम्पूर्ण न्यायप्रेमी मुक्तिकामी आमजनता, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानवअधिकार ईकाइ, संसदको राज्य व्यवस्था समिति सहित सम्पूर्ण मानअधिकार नियोगहरु लाई स्थलगत अनुगमन गरी सत्यतथ्य एवं निश्पक्ष छानबिन गर्दै दोषीहरुलाई कडा भन्दा कडा कारवाही गरिनु पर्दछ ।
४) आज कैलालीको टीकापुरमा मृत्यू र शहीदहरु प्रति दुःख एवं हार्दिक संवेदना व्यक्त गर्दै आश्रित परविारलाई न्यायोचित क्षतिपूर्ति र सम्पूर्ण जीविकोपार्जनको समेत व्यवस्था नेपाल सरकार संगा माग गर्दछौं ।
धन्यवाद
जय थरुहट÷थारुवान
धनिराम चौधरी
संयोजक
थरुहट÷थारुवान संयुत्तल संघर्ष समिति
केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समिति