कैलाली संहारको घटनाले प्रधानमन्त्री दुःखी, कारवाही गर्न एमाले अध्यक्ष ओलीको माग 


sushilप्रधानमन्त्री सुशील कोइरालाले टीकापुरमा गम्भीर र दुःखपूर्ण घटना भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठकमा उहाँले भन्नुभयो, “शान्ति, विकास र लोकतन्त्रको स्थायित्वका लागि मुलुक अघि बढिरहेको र  संविधानको बारेमा सारा नेपाली चिन्तित रहेको अवस्थामा यस्तो दुःखद घटना हुनु दुर्भाग्यपूर्ण हो भन्नुभयो । महिला, आदिवासी जनजाति, मधेसीलगायतले उठाएका सवै मागलाई पूरा गर्न नसकिए पनि मुख्य मुख्य मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “कैलालीको टीकापुरमा घटनाले सबैलाई अत्यन्त संवेदनशील तुल्याएको छ, ।” संविधान नआओस् भनेर केही पक्षबाट बिथाल्ने प्रयास पनि भइरहेको छ, २००७ सालदेखि उठेको विषय ६५ वर्षपछि पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ  भन्दै प्रधानमन्त्री कोइरालाले संयम र धैर्यका साथ मुलुकमा आइपरेका समस्यालाई सम्बोधन गरेर जाने अभियानमा सहयोग पु¥याउन आह्वान गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “ उत्तेजना होइन, साम्प्रदायिक र धार्मिक सद्भाव कायम गरौँ ।” विनियोजन विधेयक, २०७२ अन्तर्गत सहकारी तथा गरिबी निवारण, विज्ञान, प्रविधि, तथा वातावरण, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयमाथिको शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुग्नु भएका प्रधानमन्त्री कोइरालाले  सबैको अधिकार, संस्कृति, भाषा, वेशभूषा र पहिचानलाई कायम गर्ने प्रयास भइरहेको बताउनुभयो । “हामीलाई प्रकृतिले धेरै धनी बनाएको भए पनि सधैँको राजनीतिक अस्थिरताले दुःखद तुल्याएको छ, अव एक जुट भएर देशलाई संविधान दिएर अघि बढ्न आवश्यक छ’– प्रधानमन्त्रीले भन्नुभयो ।  उहाँले भन्नुभयो, “ अहिले  राष्ट्रिय एकता  चाहिएको छ, दृढताका साथ अघि बढौँ, एक जुट भएर अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।”tikapur

कैलालीमा सुरक्षाकर्मीको ज्यान लिने गरी भएको घटना भत्र्सनायोग्य
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा आन्दोलनका नाममा आतङ्कवादीले सुरक्षाकर्मीको ज्यान लिने घटनाको घोर निन्दा गर्दै सरकारले तत्काल आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उहाँले जनताको शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको ज्यादती निन्दनीय भएको भन्दै सरकारले आवश्यक कारबाही तत्काल गर्न माग गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि आतङ्कवादीले ज्यान लिएका छन्, यो अत्यन्तै राजनीतिका नाममा कसैले पनि अपराधीलाई त्यतिकै छाड्न हँुदैन ।” संविधान जारी गर्ने अन्तिम बिन्दुमा आइसकेको अवस्थामा यस्ता खालका घटनाले संविधान बन्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले कैलालीमा सुरक्षाकर्मीको ज्यान लिने थारू समुदाय नभएर आतङ्ककारी क्रियाकलापमा संलग्न व्यक्ति भएको बताउनुभयो । अध्यक्ष ओलीले आफ्ना मागहरु सुरक्षित तरिकाले राख्न र त्यस्ता अपराधी तत्वलाई जनताले समातेर प्रहरीलाई बुझाउन आग्रह गर्नुभयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कैलाली घटनाप्रति दुःख व्यक्त गर्दै हिंसाका रुपमा प्रस्तुत हुनु जघन्य अपराध भएकाले राज्यले यसलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान बन्न नदिने आतङ्कवादी तत्वले यस्ता मानवता विरोधी क्रियाकलाप गरेको भन्दै यस्ता अपराधी गतिविधिलाई राज्यले तत्काल नियन्त्रणमा लिनुपर्ने बताउनुभयो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले संविधान निर्माणका अन्तिम चरणमा पुगेको अवस्थामा सुरक्षा निकायमाथि ज्यान लिने गरी भएको घटना निन्दनीय भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?