आतङ्कारीले रेलमा आक्रमण गर्नु पूर्व जिहादी वेबसाइट हेरेको दाबी
फ्रान्समा रेलभित्र आक्रमण गर्नु पूर्व आक्रमणकारीले आफ्नो मोबाइल फोनमा जिहादी वेबसाइट हेरेको अनुसन्धानका क्रममा मङ्गलबार स्रोतले जनाएको छ । आक्रमणकारी रेलमा चढ्नुपूर्व मोबाइलमा जिहादी समूहको वेबसाइट हेरेको थाहा हुन आएको छ । आक्रमणकारी आयुब अल खजानीले जिहादी वेबसाइटमा राखिएको दृश्यचित्र हेरेको, उसले रेलको टिकट लिएको र चढेको समय लगभग एउटै रहेको अनुसन्धानबाट थाहा हुन आएको फ्रान्सेली अनुसन्धान अधिकारीहरूले जनाएका छन् ।