आफ्नै कार्यकर्ताले हत्या गरेका पौडेलको हत्यारालाई उम्कन नदिने रामचन्द्र पौडेलको संकल्प


congressनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान बनाउन नदिन रचिएको अनेकौँ प्रपन्च कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेलको हत्या भएको १३आँै दिनको पुण्य तिथिमा लेखनाथ नगरपालिकाको गगनगौँडामा आयोजित श्रद्धान्जलिसभालाई सम्बोधन गर्दै उहाँले वीर सहिदको सपना साकार पार्न अधिकतम सहमति जुटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेर छाड्ने दृढता व्यक्त गर्नुभयो । मुलुकमा शान्ति सुरक्षा खल्बल्याएर संविधान बनाउने काममा अवरोध पु¥याउने काम भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै उपसभापति पौडेलले नेपाली काँग्रेस मुलुकलाई निकास र जनतालाई विकास दिन दृढ सङ्कल्पित छ भन्नुभयो । उपसभापति पौडेलले युवा नेता पौडेल निर्मम हत्या गर्ने जो कोहीलाई पनि कुनै हालतमा उम्कन नदिने बताउँदै काँग्रेसले कुनै किसिमको अपराध गर्नेलाई साथ दिँदैन भन्नुभयो । उहाँले स्व पौडेलको स्मृतिमा निर्माण गरिने प्रतिष्ठान र ‘बाल उद्यान’ स्थापनामा आपूmले पनि सक्दो सहयोग गर्ने वचन दिनुभयो । सो अवसरमा पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् बालकृष्ण खाँण, बलबहादुर केसी, धनराज गुरुङ, जीवन परियार, सुरेन्द्र पाण्डेले स्व पौडेलको हत्याले नेपाली काँग्रेसको विश्वास, सिद्धान्त र राजनीतिमा धक्का लागेको धारणा राख्नुभयो । पार्टीका कास्की सभापति एवम् सभासद् यज्ञबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् शारदा पौडेल, वृन्दा रानालगायतले पौडेलको हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न आग्रह गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?