साफ यू १९ फुटबल, अफगानिस्तानलाई धुलो चटाएपछि अब पालो भारतको


laxLaf/ ePsf] g]kfn / ckmuflg:tfglarsf] ;]dL kmfOgn ;fkm !( jif{ d’lgsf] k’?if km’6an RoflDkogl;k v]n . tl:a/M k|bLk/fh jGt,/f;;

उन्नाइस वर्षमुनिको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ(एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गरेपछि नेपालले भारतसँँगको भेट पक्का गरेको हो । भएको पहिलो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । समूह ए को विजेता नेपालले समूह बी को विजेता भारतसँग शनिबार फाइनल खेल्नेछ । नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने भारतले अफगानिस्तान र माल्दिभ्सलाई पाखा लगाउर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो । सार्कका छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा भुटान, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?