अन्ततः काँग्रेसको महाधिवेशनका सम्पूर्ण कार्य स्थगित, नयाँ मिति पछि तोकिने


congressनेपाली काँग्रेसको १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न बैठकले महाधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी गराउनुभयो । “संविधानका संशोधन गर्ने विषयलाई चार दलमा छलफल गरी दुई तिहाइ आउने गरेर शीर्ष नेतृत्वले छलफल गर्ने छ”उहाँले बताउनुभयो । नेता पौडेलका अनुसार पार्टीबाट व्यक्ति व्यक्तिले संविधानको मस्यौदामा संशोधन राख्नुहुने छैन । अन्तरिम संविधान संशोधन गर्ने सम्बन्धमा प्रक्रियाका आधारमा गरिने उहाँले जानकारी गराउनुभयो । देशभर भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै बैठकले वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ । पार्टीका कार्यकर्तालाई पनि सामाजिक सद्भाव तथा शान्ति कायम गर्न बैठकले आह्वान गरेको पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?