पाकिस्तानमा पाँच आतंकवादीलाई मृत्युदण्डको सजाय
पाकिस्तानका सेना प्रमुख राहिल सरिफले सैन्य अदालतले बुधबार पाँच केही कुख्यात आतङ्ककारीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको पुष्टि गर्नुभएको छ । सजाय सैन्य अदालतले सुनाएको उक्त फैसलालाई कानुनसम्मत भएको उहाँले बताउनुभयो । गएको महिनामात्रै पनि सरिफले सात जना अरू लडाकूविरुद्ध मृत्युदण्ड दिइएको बताउनुभएको थियो । मृत्युदण्ड सुनाइएका व्यक्तिहरू आतङ्ककारी कार्यमा संलग्न रही साम्प्रदायिक द्वन्द्व निम्त्याउने अभिप्रायले देशको दक्षिणपश्चिममा अवस्थित क्वेटा सहर, कराँचीमा भएको प्रहरी हत्या, वानुमा रहेको जेल तोडेको अभियोग लगाइएको छ ।