वार्ताका माध्यमबाट समाधान खोज्न एमाओवादीको आग्रह


Shrestha Briefs Media

Shrestha Briefs Media
Shrestha Briefs Media

एकीकृत नेकपा (माओवादी)ले मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक समस्याको समाधान वार्ताका माध्यमबाट खोज्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।  पार्टी संसदीय दलका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकले सामाजिक सद्भाव भड्किन तथा गणतन्त्रका उपलब्धि गुम्न नदिन आन्दोलनकारीलाई सचेत हुन अनुरोध गरेको पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्नेमा बैठकले जोड दिएको जानकारी पनि उहाँले दिनुभयो । नेता श्रेष्ठले उक्त पार्टीको संविधानसभा नियमावलीले गरेको व्यवस्थाअनुसार संविधान संशोधनको प्रक्रियाबारे आफूले तथा अध्यक्ष दाहालले समसामयिक विषयमा प्रशिक्षण दिएको जानकारी दिँदै बैठकले तीनबुँदे राजनीतिक प्रस्ताव पनि पारित गरेको बताउनुभयो । “संविधान घोषणा प्रक्रिया पूरा नभएसम्म राजधानी नछाड्न दलका सबै सभासद्लाई बैठकले निर्देश गरेको छ,” नेता श्रेष्ठले भन्नुभयो । एमाओवादीको सहमति विपरीत सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश जारी गरेको र त्यो निष्क्रियप्रायः भएकाले राष्ट्रिय सहमतिमा नयाँ विधेयक ल्याउन बैठकले माग गरेको छ ।  देशका विभिन्न भागमा भएका पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै बैठकले मृतकका परिवारलाई उचित राहत तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न  माग गरेको छ । यसैबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष दाहाल तथा उपाध्यक्षद्वय श्रेष्ठ र डा बाबुराम भट्टराईबीच समसामयिक विषयमासाँझ छलफल भएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?