ग्वाटेमालाका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा पक्राउ
ग्वाटेमालाका पूर्व राष्ट्रपति ओटो परेज मोलिनालाई प्रहरीको कडा सुरक्षाबीच यहाँको प्रहरी हिरासतमा पु¥याइएको छ । पूर्व राष्ट्रपति परेज मोलिनाविरुद्ध लगाइएको भ्रष्ट्राचार आरोपमा उहाँमाथिको बिहीबार भएको सुनुवाइ नसकिएकाले प्रहरीको कडा सुरक्षाबीच हिरासतमा पु¥याइएको हो । सुनुवाइ भन्दा अघि उहाँलाई एक रात प्रहरी हिरासतमा राखिने छ । स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको अर्को सुनुवाइका लागि उहाँलाई शुक्रबार अदालतमा उपस्थित गराइने छ । पूर्वराष्ट्रपतिलाई अदालत लैजाँदा र पुनः हिरासतमा फर्काउँदा करिब एक दर्जन सुरक्षाकर्मीका गाडीले पहरा दिई अत्याधुनिक सुविधायुक्त गाडीको प्रयोग गरी लगिएको थियो । त्यसबखत उहाँको प्रतिक्रिया बुझ्न सञ्चारमाध्यमका क्यामराले उहाँ चढेको गाडीलाई घेरेका थिए । पूर्वराष्ट्रपति परेज मोलिनाको सुरक्षा व्यवस्था तथा शुक्रबारको अर्को सनुवाइमा उहाँको उपस्थिति पक्का गर्नका लागि अस्थाई रूपमा हिरासतमै राखिराख्न न्यायाधीश मिगुएल एन्जेल गाल्भेजले अनुमति प्रदान गर्नुभएको थियो । उहाँको मुद्दामाथि न्यायाधीशहरूले पक्ष–विपक्षका बहस, आरोप–प्रत्यारोपबारे स्थानीय कानुनी प्रावधान अनुसार सुनुवाई भइरहेको जनाएका छन् । उहाँको वकीलले सत्तामा रहिरहन अनुरोध गरे पनि सुनुवाइलाई सहज बनाउन भन्दै बुधबारमात्रै राजीनामा गर्नुभएको थियो । परेज मोलिनाले आफूमाथि लगाइएको आरोप विल्कुल आफूविरुद्ध अफवाह फैलाउने प्रयासस्वरूप आएको र यसमा कुनै सत्यता नरहेको जनाउँदै यदि अदालतले आफूलाई कानुनीरूपमा दोषी ठहराएमा सजाय भोग्न तयार रहेको बताउँदै आइरहनुभएको छ । उहाँले पत्रकारसँग कुरा गर्दे आफूलाई हिरासतमा राखिराख्नु नपर्ने र आवश्यक समयमा अदालत उपस्थित भई भ्रष्ट्राचारसम्बन्धी छानबिन कार्यमा सहयोग गर्न तयार भएको दोहो¥याउनु भयो । पूर्व राष्ट्रपति परेज मोलिनाले भन्नुभयो, “म देश छोडेर कहीँ जान्न बरु छानबिनको आवश्यक कानुनी पक्रियाका लागी सहयोग गर्नेछु ।” यसैबीच, पूर्वराष्ट्रपतिका निजी वकीलले पूर्व राष्ट्रपतिलाई आफै अदालतमा उपस्थित भएको अवस्थामा हिरासतमा लग्नु गलत भएको बिहीबार बताउनुभएको छ । पूर्वराष्ट्रपति परेज मोलिनाका उत्तराधिकारीका रूपमा अलेज्यान्ड्रो माल्डोनाडोले बिहीबार दिउँसो नयाँ राष्ट्रपतिको रूपमा सपथ लिई आफ्नो कार्यभार सम्हाल्नुभएको छ । उना असी वर्षे माल्डोनाडो पूर्वकुटनीतिज्ञ, विधायक र एक कुशल न्यायाधीश हुनुहुन्छ । ग्वाटेमालाको संसदले राष्ट्रपतिले राष्ट्र प्रमुखबाट दिनुभएको राजीनामालाई स्वीकृत गरेको छ ।