फेरि आयो ईबोला, एकजनाको मृत्यु


GTY 457128254 A DES HTH USA TXइबोलाको सङ्क्रमणबाट एक ६७ वर्षीया महिलाको मृत्यु भएपछि सेलाकाफ्टा गाउँका करिब एक हजार बासिन्दालाई अन्य बस्तीसँग तीन हप्ता आवतजावत बन्द गरी उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । सरकारी अधिकारीले इबोलाका कारण उक्त महिलाको मृत्यु भएको घोषणा गरेपछि सेलाकाफ्टा र अन्य बस्तीका मानिसबीच रोगको सङ्क्रमण फैलिन सक्ने भन्दै बस्तीमा आवतजावतमा सतर्कता अपनाई स्वास्थ्य परीक्षण गरिएको हो । शुक्रबारसम्म ९७० जनाको स्वास्थ्य परीक्षण भइसकेको र मृतक महिलासँग सम्पर्कमा रहेका ४८ व्यक्तिमा इबोलाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा उनीहरूलाई छुट्टै ठाउँमा राखिएको थियो । तर सङ्क्रमणको उच्च खतरा हुनसक्ने भनिएका उनीहरूमा रोगको कुनै सङ्केत नभेटिएको यहाँको इबोला प्रतिकार्य कार्यालय (इबोला रेस्पोन्स अफिस) ले जनाएको छ । इबोलाको सङ्क्रमणबाट प्रभावित भई १० दिन बिरामी परेपछि उत्तरी काम्बियाको सेलाकाफ्टा गाउँमा उनको मृत्यु भएको थियो । काम्बियाका प्रमुख प्रशासक अलहाजी अबु वन्गुराले अफ्रिकी इन्डिपेन्डेन्ट रेडियोलाई जोगाउन दिएको जानकारी अनुसार प्रशासनले सम्भावित सङ्क्रमणबाट जिल्लालाई उच्च सतर्कताका साथ अवलोकन गरिने र रोगको सम्भावित सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गरिने बताउनुभएको छ । मृतक महिला इबोला प्रभावित लाइबेरिया वा गिनी नपुगेको तर उनमा कसरी रोगको सङ्क्रमण भयो भन्नेमा अध्ययन भइरहेको बताइएको छ । लाइबेरिया र गिनी इबोलाका कारण अतिप्रभावित अफ्रिकी मुलुक हुन् । यहाँ इबोलाका कारण सन् २०१३ देखि अहिलेसम्म करिब १३ हजार ३०० व्यक्तिको मृत्यु भइसकेको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?