सेल्फी खिच्दा गोली लागी एक अमेरिकी नागरिकको मृत्यु
अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक १९–वर्षीय युवकको गोली लागी मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । टेक्सासका डेलियन एलेन्सो स्मिथले मङ्गलबार दिउँसो करिब १ः३० बजे हटसन सहरको दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साइ फोटो लिँदै गर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्दै सेल्फी (फोटो) लिँदै थिए । तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागि खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ । स्मिथले फोटो लिँदै गर्दा उनका भतिज भने सँगैरहेको अर्को कोठामा बसिरहेको बुझिएको छ ।