बेलायती प्रधानमन्त्री क्यामरुन शरणार्थी समस्याबारे छलफलका लागि स्पेनमा
बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुन युरोपमा देखिएको शरणाार्थी समस्याका बारेमा आफ्ना युरोपी समकक्षीसँग छलफल गर्ने सिलसिलामा स्पेनको राजधानी म्याड्रिड आइपुग्नुभएको छ । बेलयातका प्रधानमन्त्री क्यामरुन तथा उहाँको स्पेनी समकक्षी म्यारियानो रजोएबीच शुक्रबार भएको छलफलका क्रममा रजोएले स्पेन समग्र आर्थिक विषय, पर्यटन, युरोपियन युनियनको सुधार र अन्तरराष्ट्रिय विषय साथै आप्रवासको प्रश्न जटिल भएको बताउनुभयो । स्पेनी प्रधानमन्त्री रजोएले स्पेन नयाँ शरणार्थीलाई आफ्नो भूमि प्रयोग गर्न दिन बहुतै कठिन भएपनि गम्भीर समस्यामा परेका उनीहरुलाई मानवीय सेवा प्रदान गर्न स्पेन तयार छ भन्नुभयो । गएको वर्षमा शरणका लागी अनुरोध गर्ने आप्रवासीको संख्यामा यो बर्ष तेब्बर वृद्धि भएको र यसबर्ष स्पेनले कति शरणार्थीलाई शरण दिने भन्ने बारे अर्को महिनासम्म टुङ्गोमा पुग्ने बताउनुभयो । त्यसैगरी, बेलायती प्रधानमन्त्री क्यामरुनले बेलायतले शरणार्थीका लागि थप एक करोड एकाउन्न विलियन अमेरिकी डलर सहयोग गर्ने बताउनुभयो । सहयोगको आधाभन्दा बढी बजेट ९१ मिलियन अमेरिकी डलर भने सिरियाका लागि छुट्टाइने छ, उहाँले थप्नुभयो । यसअघि, बेलायतका प्रधानमन्त्री डेभिड कयामरुनले आफ्नो पोर्चुगल भ्रमणको सिलसिलामा बेलायतले मानवीय सङ्कटलाई मध्यनजर राख्दै हजारौँ अरू सिरियाली शरणार्थीलाई आफ्नो देशमा प्रवेश दिने कुरा व्यक्त गर्नुभएको थियो । सङ्कटको बेला सहयोग गर्नु आफ्नो देशको नैतिक जिम्मेवारी हुने बताउदै कयामरुनले बेलायत युरोपियन युनियनको शरणार्थी पुनः वितरण योजनामा सहभागी नभई संयुक्त राष्ट्रसङ्घको मध्यपूर्वमा अवस्थित शिविरबाट सिधै शरणाथीलाई आफ्नो देशमा लग्ने बताउनुभएको थियो ।