आगामी महिना अफ्रिका–भारत सम्मेलन हुने


modiआगामी अक्टोबर महिनामा अफ्रिका भारत सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार अफ्रिकी युनियनले सो सम्मेलनमा अक्टोबर महिनामा हुने जनाएको हो । सो सम्मेलनमा अफ्रिका र भारतका बारेका विविध विषयमा छलफल र परामर्श हुने तथा आपसी सहयोगका विविध क्षेत्रमा कुराकानी हुने जानकारी दिइएको छ । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि अफ्रिका र भारतका बीचमा हुन लागेको यो नै पहिलो सम्मेलन हो । यसअघि पनि विभिन्न साझा सहकारिताका विषयका साथै लगानी प्रवद्र्धनका लागि सो सम्मेलन हुने गरेको थियो । यस सम्मेलनमा व्यापार, शिक्षा, सीप विकास, महिला तथा युवाको सशक्तीकरण र विकासलगायतका क्षेत्रमा आपसी सहयोग र साझेदारीमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?