आफ्ना सैनिक सिरियामा नरहेको रसियाको स्पष्टीकरण
रसियाले आफूले सिरियामा सैनिक नपठाएको स्पष्ट गरेको छ । तर रसियाले सिरियामा सैनिक नभई अन्य सहयोग भने पठाएको जनाएको छ । कतिपय पश्चिमा राष्ट्रहरूले सिरियामा रसियाले सैनिक पठाएको भनी दिएको अभिव्यक्तिका विरुद्ध बिहीबार त्यसको खण्डन आएको हो । रसियाले सिरियामा मानवीय सहयोग तथा अन्य सैनिक सामग्रीमात्र पठाएको स्पष्ट बिहीबार गरेको राजधानी मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले भन्नुभयो– रसियाले सिरियमा त्यस्तो कुनै सैनिक सहयोग गरेको छैन बरु सैनिक सहायताका सामग्रीका साथै अन्य मानवीय सहायतासम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । मस्कोमा संवाददाताहरूसँग उहाँले सो भनाई राख्नुभएको थियो । उहाँले पश्चिामाहरूले आफ्नो देशलाई आरोपमात्र लगाउने गरेको बताउनुभयो । केही समयमात्र अघि संयुक्त राज्य अमेरिकाले रसियाले सिरियामा सैनिक नै पठाएको भन्दै यसबाट त्यहाँको द्वन्द्व समाधान हुने नभई झनै चर्किने बताएको थियो ।