एनआरएनए आईसीसी युथ कोअर्डिनेटरमा अष्ट्रेलियाबाटै दोश्रो उम्मेद्वारी


0U2A39020U2A3907अष्ट्रेलियावासी निरञ्जन प्रसाईले आगामी एनआरएन विश्व सम्मेलनमा युथ कोअर्डिनेटरको रुपमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । शुक्रबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले युवाको निम्ति दूरदर्शी भिजन लिएर आपूm आएको दाबी पनि गरेका छन् । पत्रकार सम्मेलनमा प्रसाईंले दिएको जानकारी अनुसार उनी खाडी मुलुकमा रहेका युवाहरुलाई समेट्ने र उनीहरुको निम्ति शिप अभिबृद्धिको कार्यक्रमसहितको खाका उनले बनाएका छन् । अष्ट्रेलिया, अमेरिका लगायतका देशमा रहेको शिपलाई खाडी मुलुकमा काम गर्नका निम्ति पुगेका युवाहरुको निम्ति पुर्याउने भन्दै उनले भने, एनआरएन अहिलेसम्म धनी र सम्पन्न युवाहरुको पहुँचमा पुग्यो । तर, कतार, मलेसिया लगायतका खाडी मुलुकमा भने पुग्न सकेको छैन । मेरो एजेन्डा ति युवाहरुसम्म पनि एनआरएनको पहुँचमा पुरायाउने हो । एनआरएन अष्ट्रेलियाबाट नै युथ कोअर्डिनेटरमा दोश्रो उम्मेद्वारी परेको विषयमा सोधिएको प्रश्नमा उनले भने, यो लोकतान्त्रिक प्रक्रिया हो । आफ्नो उम्मेद्वारीको विषयमा विश्वभरि रहेका नेपालीहरुसँग आपूmले कुरा गरिसकेको र सबैले हौसला दिएको उनको दाबी छ । घोषणा कार्यक्रममा एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, कोषाध्यक्ष डिला खरेल लगायतका केही पदाधिकारी र झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालसहित सिड्नीका व्यवसायीहरु पनि सहभागी थिए । यसअघि नेपालीभिजन अष्ट्रेलियाका सम्पादक प्रकाशक एवं वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरीले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । (हेर्नुहोस् भिडियो)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?