फोक्सोको क्यान्सरग्रस्त संगीता घिमिरेको उपचारकै क्रममा निधन


sangitaफोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएकी संगीता घिमिरेको शनिबार राति निधन भएको छ । फोक्सोको क्यान्सर लागेपछि केही समयदेखि कोग्रास्थित सेन्ट जर्ज अस्पतालमा परिवारले उपचार गराइरहेको थियो । पति र दुई सन्तानकी आमा उषाको निधनले नेपाली समूदायमा शोक छाएको छ । केही समय अघिबाट उनको उपचारमा सहयोग गर्नका लागि अभियान सञ्चालन गरिएको थियो । यस्तै उनको उपचारमा सघाउनका लागि विभिन्न च्यारिटी कार्यक्रम समेत गर्न लागिएको अवस्थामा यस्तो दुःखद खबर आएको छ । संगीताको उपचारका लागि अष्ट्रेलियावासी नेपाली समूदायले सहयोग गरिरहेको थियो भने व्यवसायी युवराज भट्टराईले विशेष सक्रियता देखाउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?