ग्रीसमा डुङ्गा दुर्घटनामा २८ आप्रवासीको डुबेर मृत्यु
ग्रीसका अधिकारीका अनुसार डुङ्गा दुर्घटनापछि कम्तिमा २८ जनाको डुबेर मृत्यु भएको छ । ग्रीसको पूर्वमा अवस्थित दक्षिण एइजन समुद्रमा डुङ¬्गा दुर्घटना हुँदा २८ जनाको डुबेर मृत्यु भएको छ । मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिका रहेको समाचारमा जनाइएको छ । आइतबार बिहानै ग्रीसको फार्माकोसिनी टापुमा करिब सय जना यात्रु बोकेको डुङ¬्गा दुर्घटनामा पाँच जना नाबालक, पाँच केटी र पाँच केटा समुद्रमा डुबेको बताइएको छ । स्थानीय डुङ्गाको सहयोगमा ६८ जनालाई सकुशल उद्धार गरिएको छ । बाँकी ३० जना पौडी खेलेर टापुमा पुग्न सफल भएका छन् ।