एनआरएन अध्यक्षमा शेष घलेको उम्मेद्वारी घोषणा
एनआरएनका वर्तमान अध्यक्ष शेष घलेले आगामी कार्यकालका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको आगामी १४ अक्टोबरदेखि १७ अक्टोबरसम्म नेपालमा हुने विश्व सम्मेलनबाट नयाँ कार्यकालको लागि आपूmलाई उम्मेद्वार घोषणा गरेका हुन् । लण्डनमा आयोजना गरिएको एक कार्यक्रममा उनले घोषणा गर्दै भने, यसअघि अष्ट्रेलिया, अमेरिका, युरोपका विभिन्न देशमा पुगेर सबै साथीभाईको कुरा बुझिसकेपछि बाँकी रहेका कामहरु पूरा गर्ने अभिभारा लिँदै यो दायित्वलाई पूरा गर्न म उम्मेद्वार भएको घोषणा गर्दछु । यससँगै अब अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी आएको छ । मेलमिलापको अवसर जुटेन भने तीनैजनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । यद्यपि अन्तिम अवसरमा सहमतिको निम्ति पनि जोडबल हुने सम्भावना पनि छ । यसअघि अध्यक्ष पदका लागि आपूmलाई उभ्याएका रतन झा र वर्तमान महासचिव कुमार पन्तले पनि नेतृत्वको निम्ति आफूलाई अघि सारेका छन् । यसअघि एनआरएन अष्ट्रेलियाले गरेको कार्यक्रममा भूकम्प पीडितको निम्ति सहयोग गरेकाहरुलाई सम्मान गर्दै घलेले काठमाडौं पुगेर उम्मेद्वारी घोषणा गर्ने बताएका थिए । अष्ट्रेलियासहित विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरुले अध्यक्ष घलेलाई अर्को कार्यकाल समेत निरन्तर राख्न आग्रह गरेका थिए । यस वर्ष एनआरएनए पुननिर्माणको सच्चा साझेदार भन्ने नाराका साथ विश्व सम्मेलन हुँदैछ ।