एनआरएन ओसेनिया क्षेत्रीय संयोजक पदमा महेन्द्र लम्सालको उम्मेद्वारी घोषणा


0U2A4584एनआरएनको अष्ट्रेलिया, न्यूजिल्याण्ड र पपुवान्यूगिनीका राष्ट्रिय समन्वय परिषद्हरुलाई समेत संयोजन गर्ने ओसेनिया क्षेत्रीय संयोजक पदमा पत्रकार महेन्द्र लम्सालले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । आगामी १४ सेप्टेम्बरदेखि काठमाडौंमा हुने विश्व सम्मेलनमा आपूm क्षेत्रीय संयोजक पदमा उम्मेद्वार बनेको लम्सालले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएका हुन् । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसमेतको सहभागितामा भएको पत्रकार सम्मेलनमा लम्सालले भने, यो क्षेत्रमा संयोजकको रुपमा काम गर्नका निम्ति आपूm योग्य भएको ठानेर मैले उम्मेद्वारी दिएको छु । समाज र समूदायको सेवा गर्नका निम्ति सबैको सहयोगको अपेक्षा छ । एक प्रश्नको जवाफमा लम्सालले आपूm उम्मेद्वारी फिर्ता लिनका लागि मैदानमा नआएको भन्दै अन्तिमसम्म कायमै रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
लम्सालले सम्मेलनमा वितरण गरेको अपिलमा यस्तो भनिएको छ,
आदरणीय एनआरएनप्रेमी मेरा अग्रजहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण शुभचिन्तक दाजुभाई दिदी बहिनीहरु ।
गैरआवासीय नेपालीहरुको विश्व सञ्जाल एनआरएनएले पछिल्लो चरणमा नेपालमा प्राप्त गरेको सम्मान र गरिमा अनि यो संस्थाको आवश्यकतालाई महसूस गरी नेपालको नयाँ संविधानमै हुन लागेको गैरआवासीय नेपालीहरु सम्बन्धी व्यवस्थाले यतिखेर हामी सबैलाई आफ्नो मातृभूमिप्रति अझ जिम्मेवार हुन घच्घच्याएको छ । यसै सन्दर्भमा यही अक्टोबरमा नेपालमा हुने गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनमा हामी बसोबास गर्दै आएको अष्ट्रेलिया लगायत ओसेनिया क्षेत्रको प्रतिनिधित्व पनि महत्वपूर्ण हुन पुगेको छ ।
एनआरएनएसँगको मेरो सहकार्य करिब एक दशकदेखिको हो भने हालसम्म सामूदायिक एवं स्वयमसेवी संघ संस्थाका विभिन्न तह र भूमिकामा रहेर मैले नेपाली समूदायको उत्थान र प्रबद्र्धनका लागि गरेको सक्दो प्रयासले मलाई अझ बढी सकारात्मक सोचका साथ सामाजिक सेवामा जुट्ने प्रेरणा प्राप्त भएको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने एनआरएनको सातौं विश्व सम्मेलनमा हुने निर्वाचनमा ओसेनिया क्षेत्रको प्रतिनिधित्व गर्न क्षेत्रीय संयोजकको भूमिकामा काम गर्ने उद्देश्यले उम्मेद्वारी दिने निर्णयमा पुगेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समूदायको प्रतिनिधित्व गर्न विगतमा अष्ट्रेलिया सरकारबाट दिइएको भूमिका निभाउन मैले गरेको सक्दो प्रयासले मलाई सामाजिक क्षेत्रमा गर्न सकिने काम केवल पदको लागि नभएर एउटा महत्वपूर्ण अवसरको सदुपयोगका लागि थियो, यसका कारण मलाई यहाँको बहुसांस्कृतिक समाजमा नेपालीको भूमिका अभिबृद्धि गर्दै नेपाली पहिचानको लागि काम गर्ने अझ बढी प्रेरणा र अवसर जुटेको ठानेको छु । एनआरएन ओसेनिया क्षेत्रको संयोजकको भूमिका निर्वाह गर्न पाएको खण्डमा मैले अघि सारेका थुप्रै विष्या र कार्यक्रममा सफलता प्राप्त गर्न थप ऊर्जा प्राप्त हुने ठानेकोले मेरा उल्लेखित प्रतिबद्धता बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
१. हालैको विनाशकारी भूकम्प पछिको परिस्थितिमा गैरआवासीय संघबाट सञ्चालित राहत तथा अब हुने पनुनिर्माणको योजनाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा गर्न सकिने काम र अघि सारिने योजनाहरुलाई सफल पार्न एनआरएन आईसीसीले निर्देशित गरे बमोजिम ओसेनिया क्षेत्रीइ र एनआरएन अष्ट्रेलियाको कार्यसमितिसँग सहकार्य गर्ने ।
२. एनआरएनए पुननिर्माणको सच्चा पहरेदार भन्ने भावनालाई आत्मसात गर्दै आगामी सातौं विश्व सम्मेलनमा प्रस्ताव गरिने पुननिर्माण सम्बन्धी कार्यपत्रहरुलाई मूर्तरुप दिन ओसेनिया क्षेत्रबाट सक्दो सहयोग गर्ने र केही नमूना परियोजनाहरु ओसेनिया क्षेत्रको अग्रसरतामा भूकम्प प्रभावित क्षेत्रहरुमा सञ्चालन गर्ने ।
३. अनेकतामा एकता भन्ने मूल नाराका साथ सम्पन्न ओसेनिया क्षेत्रका राष्ट्रहरुको २०१५ मा न्यूजिल्याण्डमा सम्पन्न भेलाले पारित गरेका ९ बुँदे प्रतिबद्धता कार्यान्वनयमा जोड दिने ।
४. सम्बृद्ध नेपालका लागि लगानी र सिर्जनशीलता तथा सम्बृद्ध नेपालका लागि आर्थिक मार्गचित्र भन्ने अभियानका साथ सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीमा सातौं क्षेत्रीय सम्मेलन, सन् २०१४ मा जपानको तातेसिनामा सम्पन्न आठौं क्षेत्रयि सम्मेलन तथा गैरआवासीय नेपाली र नेपाल सम्बृद्धिको साझेदार अभियानका साथ सम्पन्न छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलन २०१३, काठमाडौंबाट पारित घोषणापत्रहरुमा उल्लेखित प्रस्तावहरु तथा प्रतिबद्धताहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न गराउन सहज भूमिका खेल्दै आवश्यक कदमहरु चाल्ने ।
५. यस क्षेत्र अन्तर्गतका विशेष गरी अष्ट्रेलिया र न्यूजिल्याण्डस्थित दूतावास तथा महावाणिज्यदूतको कार्यालयहरुसँग सहकार्य गरी नेपालको पर्यटन विकास र प्रबद्र्धनसम्बन्धी विशेष कार्यक्रम ल्याउने । 0U2A4581
६. हालसम्म विश्वको ७१ मुलुकमा विस्तार भएको एनआरएनका राज्य समितिहरुलाई विस्तार गर्ने क्रममा ओसेनियाका अन्य मुलुकहरुमा नेपालीहरुको उपस्थितिको सोधखोज गरी एनसीसी गठनको लागि पहल गर्ने ।
गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रका संयोजक पदमा उम्मेद्वारी दिनका लागि मलाई प्रेरणा दिनुहुने समस्त शुभचिन्तक र सहयोगी मित्रबन्धुहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरा प्रतिबद्धता र घोषणाले विश्वव्यापी बन्दै गएको प्रवासी नेपालीको यो विशाल सञ्जालमाझ नेपालीहरुबीचको भाइचारा अभिबृद्धि गर्ने काममा सानो भए पनिभूमिका खेल्न सकोस् भन्ने आशा र भरोसा व्यक्त गर्दछु । धन्यवाद ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?