इजिप्टमा नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण
इजिप्टका राष्ट्रपति अब्देल फतेह एलसिसीले नयाँ सरकारका लािग पूर्वमन्त्री सेरिफ इश्माइललाई शपथ ग्रहण गराउनुभएको यहाँको राष्ट्रिय समाचार संस्थाले शनिबार बताएको छ । सिसीले यहाँका अघिल्लो मन्त्री परिषद्का सदस्यबाट भ्रष्टाचार आरोप पछि राजिनामा आएको ठीक एकहप्ता पछि नयाँ सरकारको गठन गर्नुभएको हो । पूर्वमन्त्री परिषद्का बहुमत सदस्यमाथि १० लाख अमेरिकी डलरको धुस लिएको आरोप लागेपछि राजिनामा आएको हो । यहाँका सञ्चारमाध्यमले पूर्वप्रधानमन्त्री इब्राहिम मेहलेब तथा उनका मन्त्रीहरु उक्त घुस प्रकरणमा सामेल भएको जनाएका छन् ।