एनआरएनको महासचिव पदमा अष्ट्रेलियाबाट सचिव रञ्जु वाग्लेको दाबी


गैरआवासीय नेपाली संघको महासचिव पदमा अष्ट्रेलियाबाट वर्तमान सचिव रञ्जु वाग्लेले उम्मेद्वारी घोषणा गरेकी छिन् । आइतबार सिड्नीको रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा आयोजना गरिएको पत्रकार भेटघाट तथा घोषणा कार्यक्रममा लिखित मन्तव्य राख्दै आफ्नो ५ बुँदे प्रतिबद्धतापत्रसहित वाग्लेले महासचिव पदको निम्ति आपूmलाई प्रस्तुत गरेकी हुन् । सयभन्दा बढी नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा उनले लैंगिक समानता र नारी सशक्तिकरणको बुँदालाई प्रमुखताका साथ उठाएकी थिइन् । ५ बुँदे कार्यक्रममा समेत महिला सशक्तिकरणको मुद्दालाई प्रमुखता दिइएको छ । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै वाग्लेले आफ्नो कार्यशैलीका बारेमा सबै अवगत भएको र सचिव पदमा गरेको काम र योगदानका आधारमा महासचिव पदमा दाबी गरेको बताइन् । साथै उनले सहमतिका नाममा कसैको पनि प्रजातान्त्रिक अधिकारलाई कुन्ठित बनाउन नहुने भन्दै अष्ट्रेलियाबाट अध्यक्षसहित सबै प्रमुख पदमा आएको उम्मेद्वारी जायज भएको बताइन् । सबै सक्षम हुनुहुन्छ त्यसैले कसैलाई उठ्नुस र कसैलाई नउठ्नुस भन्न नसकिने भन्दै वाग्लेले विश्व सम्मेलनमा जाने प्रतिनिधिहरुले यसको फैसला गर्ने बताइन् । नेपालमा संविधान जारी भएको खुशीयालीमा कार्यक्रममा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा एनआरएन अगुवा ईन्द्रा वनसहित गैरआवासीय नेपाली अभियानमा संलग्न अभियन्ताहरुको उपस्थिति रहेको थियो । 0U2A4848 copyउपस्थित सबैले वाग्लेलाई सफलताको शुभकामना दिनुका साथै केही सुझावहरु समेत प्रस्तुत गरेका थिए ।
पत्रकार सम्मेलनमा वचन गरी सुनाइएको घोषणापत्रमा यस्तो लेखिएको छ :
“गैरआवासीय नेपाली संघको महासचिवको रुपमा मेरो निम्न लिखित प्रतिबद्धता हुनेछ :
१. गैरआवासीय नेपाली संघको विधान अनुसार तोकिएको महासचिवको कार्यविधिलाई कार्यान्वयन गर्न हर हमेशा तत्पर रहनु मेरो प्राथमिकता रहनेछ ।
२. खाडी मुलुकमा श्रम गर्ने हाम्रा दिदीबहिनी तथा दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल सरकार र सम्बन्धित मुलुकका अधिकारीसँग समन्वय गरी उहाँहरुको हितमा कल्याणकारी कोष र कामदारहरुको समस्याको उचित पहिचान गरी समाधानतर्फ पहलकदमी गर्ने मेरो मूलभूत एजेन्डा हुनेछ ।
३. महिलाको मौलिक, सामाजिक र राजनीतिक हक र अधिकारको लागि ग्लोबल महिला संयोजकसँग मिलेर विभिन्न प्रोजेक्टको अवधारणाहरु अगाडि सार्न मद्दत पुराउनुका साथै नेपाल सरकारसँग संस्थाको तर्फबाट समन्वय गरेर समस्या समाधानतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
४. ओपन युनिभर्सिटी लगायत गैरआवासीय नेपाली संघले सुरु गरेको सम्पूर्ण स्कील बेस्ड फोरेन ईम्प्लायोमेन्ट राहत कोष र अन्य प्रोजेक्टहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु ।
५. सम्पूर्ण अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुसँग मिलेर आईसीसी प्रेसिडेन्ट, भाईस प्रेसिडेन्टहरुले अगाडि सार्नुभएको एजेन्डाहरुलाई होस्टेमा हैंसे गर्दै सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दछु । जसमध्ये नेपालको पुननिर्माणको अभियानलाई प्रमुखता दिइने जानकारी गराउँदछु ।
गैरआवासीय नेपाली संघको महासचिव पदमा उम्मेद्वारी दिनका लागि मलाई होसला अनि प्रेरणा दिनुहुने सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै संघको दायरा अझ फराकिलो बनाउन र यस संस्थालाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको आस्थाको धरोहर बनाउन मैले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?