हवाई आक्रमणमा २० यमनी नागरिकको मृत्यु
साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको हवाई आक्रमणमा कम्तिमा २० यमनी नागरिकको मृत्यु भएको विभिन्न स्रोतबाट जानकारी हुन आएको बताइएको छ । साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजले गरेको हवाई आक्रमणबाट अलसाबेन इलाकामा अवस्थित चार घर ध्वस्त हुँदा स्थानीय नागरिकको मृत्यु भएको उद्धारमा खटिएको एक अधिकारवादी समूहले जनाएको छ । भत्किएका घरका भग्नावशेषभित्र जीवित मानिस पाइने आशामा उद्धार कार्य जारी राखिएको उक्त समूहले जनाएको छ । स्थानीयवासीले हवाई आक्रमणले निशाना बनाएको क्षेत्रमा कुनै पनि हुठी नेता तथा उनीहरूका समर्थकको सैन्य कारबाही नचलाएको बताएका छन् । संयुक्त सुरक्षा फौजले यमनी राजधानी साना तिर अघि बढ्ने क्रममा भयानक हवाई आक्रमणका कारबाही चलाएको बताइएको छ ।