क्याम्प्सीमा नेपाली संस्कृति चिनाउने पहल, अभिभावकहरुलाई निःशुल्क अंग्रेजी भाषा कक्षा
क्यान्टोरबरी नेपाली समाज अष्ट्रेलिया र क्याम्प्सी लाईब्रेरीको सहकार्यमा नेपाली सांस्कृतिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । मुख्यतः नेपाली कला, संस्कृति र रहनसहनका विषयमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा वन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्यू साउथवेल्स राज्य परिषद् सचिव भुपाल सिटौला उपस्थित थिए । कार्यक्रको सञ्चालन गरेका सन्तोष पाठकले नेपाल, नेपाली संस्कृति र नेपालको भूगोलका विषयमा प्रस्तुत दिएका थिए । कार्यक्रममा उपस्थित नेपाली बाहेकका समूदायले यो प्रस्तुति निकै चाखपूर्वक हेरेका थिए । यसैगरी कार्यक्रममा नेपालीहरुको महान चाड तिहारमा भाईटिका कसरी गरिन्छ भन्ने विषयमा विशेष जानकारीमूलक प्रस्तुत दिइएको थियो । जसमा श्रृष्टि र विपीन मोडलको रुपमा सहभागी थिए । यस्तै सन्तोषकी केसीले धिमेबाजामा आधारित नेवारी गीतमा नृत्य गरेकी थिइन् भने अनामिकाले सयथरी बाजा गीतमा नृत्य प्रस्तुत गरी नेपालमा विभिन्न सयभन्दा बढी भाषा, संस्कृति रहेको भएपनि सबै एकताबद्ध रहेको सन्देश दिएकी थिइन् । यसपछि तीजको सेरोफेरोमा भएको कार्यक्रममा तीजका गीतमा खुलेर नृत्य गरीमा सहभागी भएका थिए । क्यान्टोरबरी काउन्सिलका परिधिभित्र बस्ने आमाबुबाहरुले तयार पारेको नेपाली परिकार उक्त अवसरमा सहभागीहरुलाई वितरण गरिएको थियो । मुख्यतः कार्यक्रम गर्नुको उद्देश्य नेपाली कला, भाषा र संस्कृतिलाई क्यान्टोरबरी काउन्सिलमा रहेका अरु समूदायका माझ पुर्याउनु र नेपालीको पहिचानलाई उँचो बनाउनु रहेको थियो । यसका लागि क्यान्टोबरी नेप्लीज सोसाईटी अष्ट्रेलियासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्ध रहेका अभिभावकहरु, युवाहरु र क्याम्प्सी लाईब्रेरी र क्यान्टोरबरी काउन्सिलले सहकार्य गरेका थिए । कार्यक्रमका आयोजना गर्ने आर्थिक जोहो क्याम्प्सी लाईब्रेरीले गरेको थियो । आगामी दिनमा क्यान्टोबरी काउन्स्लि र क्याम्प्सी लाईब्रेरीले नेपाली समूदायलाई स्थान दिने र अरु उपलब्धीमूलक सहयोग, जस्तै योगा कक्षा वा प्रविधि सम्बन्धी शिक्षामा सहयोग गर्ने आश्वासन दिइएको थियो ।
अभिभावहरुलाई सहयोग
यसैबीच, ग्लोबल एजुकेशनल ईन्टिच्युटले असेग्लोब एकेडेमीको सहकार्यमा आफ्ना सन्तानलाई भेट्न अष्ट्रेलिया आउने अभिभावकहरुलाई प्राविधिक र सामान्य अंग्रेजी भाषाका बारेमा ज्ञान दिने कक्षा सञ्चालन गर्ने भएको थियो । कार्यक्रम मुख्यतः अष्ट्रेलिया आएका अभिभावकहरुलाई यहाँ कसरी रहनेबस्ने भन्ने विषयमा प्राविधिक जानकारी दिइने र प्राथमिक उपचारका विधिहरुको ज्ञानले आपूmमात्र नभई अरुलाई समेत सहयोग गर्नसक्ने बनाउने उद्देश्य रहेको ग्लोबल एजुकेशनल ईन्ष्टिच्युटका निर्देशक सन्तोष पाठकले एमएनटीभीलाई जानकारी दिएका छन् । आगामी अक्टोबर १२ बाट सुरु गरिने यो निःशुल्क कक्षामा अष्ट्रेलियामा रहनुहुने अभिभावकहरु सहभागी हुन सक्नेछन् । कक्षा क्याम्प्सीमा सञ्चालन हुनेछ ।